Skip to main content

Posts

Featured

नेपाल एयरलाइन्स र बैङ्गलोर—दिल्ली—काठमाडौंको यात्रा

कन्चनमणि दीक्षित घटना हो सेप्टेम्बर १, २०१८ को साँमm, हामी बैङ्गलोरबाट नेपाल एयरलाइन्सको बिमानमा काठमाडौं फर्कदै थियांै । काठमाडौँ पुग्नु करिब एक घण्टा अगाडी पाइलटले बताए, “त्रिभुवन विमानस्थलको धावन मार्ग छोडेर एउटा विमान बाहिर गएको हँदा धावनमार्ग बन्द छ ।” विमानलाई होल्डमा राख्नु भनिएको छ । करिव एक घण्टा जति आकासमा घुमाए पछि, पाइलटले बताए, हामी भारतको नयाँ दिल्लीमा अवतरण गर्न जाँदैछौँ । यात्रुहरुमा खैलाबैला मचियो ।  सन २०१५, मार्च ४ तारिखका दिन पनि यस्तै अर्को घटना भएको थियो । त्रिभुवन विमानस्थलमा टर्किस एयरलाईन्सको एयरबस विमान धावन मार्गमा अवतरण गर्ने क्रममा र्दुघटना हुदाँ देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल चार दिनका लागी बन्द रहयो । त्यसबखत त्रिभुवन विमानस्थलले समयमा विमान हटाँउन नसक्दा र बिमानस्थलको व्यवस्थापन गर्न नसक्दा कयौ यात्रुले धेरै नै सास्ती भोग्नु प¥यो । यस घटना पछि त्रिभुवन विमानस्थलको व्यवस्थापनबारे प्रश्न उठेका  थिए । तीन बर्ष पछि मार्च १२, २०१८ का दिन त्रिभुवन विमानस्थलको धावन मार्गमा अर्को र्दुघटना भयो । बंगलादेश बाट काठमाडौ आएको यू एस बंगलाको विमान अवतरण गर्ने क्र

Latest Posts

What next after Sisdol and Bancharedanda?

Living with a flood: Plight of squatter settlements