Posts

Showing posts from July, 2019

रुख विना मानव जीवन सम्भव छ ? विज्ञान कथा

Image
                                                                                                                                      कन्चन मणी दीक्षीत विहान “र्मनिङ्ग वाक”मा निस्कन लागेको बेला छिमेकमा एक बृद्घ ब्यक्ति र बालक रुख रोप्दै गरेको देख्दा एक छिन नजिक गएर हेर्न मन लाग्यो । “बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नु पर्छ” । करिब पाँच वर्षको एक बालकलाई ७० वर्ष काटेका हजरबुबा बगैचामा रुख रोप्न सिकाउँदै थिए । रुखको विरुवा तिमी जस्तै सानो हुन्छ । यसलाई राम्रोसँग समालेर यसरी खाडलमा हाल्नु पर्छ भन्दै खनेर मल हालिराखेको खाडलमा रुखको विरुवा रोपेर पानी हाल्दै थिए, हजुरबुवा । तेतिनै खेर आमा बालकलाई खाजा खान बोलाँउछिन् । भोकले भुतुक्क भएको बालक हजुरबुवाबाट भाग्ने निहँु पाएकोमा दर्गुदै आमाकहाँ पुग्छ । के भन्दै हुनुहुन्छ हजुरबुबा ? रुख लगाउनु पर्छ भन्दै हुनुहुन्छ नि । हामीले किन रुख रोप्नु पर्छ आमा ? यति सानो बालकलाई के भनेर बुझाउनु– आमा सोच्न थालिन् र भनिन् “बाबु रुख रोपेमा हाम्रो घर वरपर हरीयाली हुन्छ” । किन हरीयाली बनाँउनु पर्छ ? बालक फेरी प्रश्न गर्छन् । जबाफ आँउछ, “यस्ले