Posts

Showing posts from January, 2022
Image
  ओमिक्रोनलाई कम नआकौं विचार/दृष्टिकोण | कञ्चनमणि दीक्षित       पुष २९, २०७८ बिहीबार   कञ्चनमणि दीक्षित आज हामीलाई फेरि समयले कोरोना सङ्क्रमणको अर्को सँघारमा ल्याएको छ । सबैको मुख निन्याउरो छ, मानाँै सबैमा श्री नै गुमेको छ । कोही खुसी देखिँदैनन् । गत वर्षले तहसनहस पारेको हाम्रो अर्थतन्त्र, भर्खरै बामे सर्दै अगाडि लम्केको मात्र के थियो, कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले फेरि आफ्नो चपेटामा ल्याएको छ । यस्तो अवस्थामा नेताहरूबीच भने जुवारी चलेको छ । खुट्टा तान्न र सडकमा एकअर्कालाई नाङ्गो पार्न लागिपरेका छन् उनीहरू । मुलुकको अर्थतन्त्र ध्वस्त भइसकेको छ, नागरिक निराश छन्, बस उनीहरूलाई रमाइलो भइरहेको छ जुवारी खेल्न । अर्कातिर, ट्रान्सपरेन्सी इन्टरनेसनलको अध्ययनले देखाएको विवरणअनुसार नेपालमा भ्रष्टाचारको स्थितिकै कारण हामी कता पुग्दैछौँ भन्ने कुरा व्याख्या गर्नु पर्दैन । सबैलाई थाहा छ, हामी कस्तो अवस्थामा छौँ । ओमिक्रोन पहिलाको कोरोनाजस्तो खतरा छैन । मानिस मर्ने होइन रहेछ । अस्पतालसम्म मात्र पु-याउँछ रे । यस्ता कुरा अहिले यत्रतत्र सुन्नमा आउँछ । यसरी रेको पछि लाग्नुभन्दा पहिला कोरोना लागेर अस्
Image
  सर्वोच्च अदालतको आदेश र प्लास्टिकको विकल्प अनुराग पोखरेल / कञ्चनमणि दीक्षित १७ भाद्र २०७८, बिहीबार गत साउन ३२ गते काठमाडौँ महानगरपालिकाले काठमाडौँका घरधनीलाई, उपत्यकाको डम्पिङ साइट सिसडोल जाने बाटो बिग्रिएर फोहर खसाल्न नसकेपछि आफ्नो घरको फोहर बाहिर नफाल्न र घरभित्रै राख्न आग्रह गर्‍यो । घरमा रिसाइकल गर्ने अभ्यास नभएका अघिकांश काठमाडौँवासी र व्यापारीहरूलाई घरमा फोहर राख्न सकस भयो । धेरै घरहरू र व्यापारीका पसल तथा भण्डारणमा फोहर राख्ने ठाउँ नहुँदा अन्ततोगत्वा सडकमै पुग्यो । अहिले टेकुमा अत्यधिक फोहर जम्मा हुन थालेपछि स्थानीय बासिन्दा पनि विरोधमा उत्रेका छन् महामारीको डरले । अहिलेको हाँडीघोप्टे वर्षाले फोहरको थुप्रोबाट प्राङ्गारिक पदार्थ बगाएर सडकभरि पुर्‍याएको छ । सडकमा होली खेलेको मैदानमा बेलुनका लोला छरपस्ट छरिएको जस्तै रङ्गीचङ्गी प्लास्टिकहरू मात्र देखिएका छन् । काठमाडौँ महानगरपालिकाका अनुसार काठमाडौँ शहरमा निस्किने फोहोरको १० प्रतिशत प्लास्टिकजन्य फोहर रहेको छ । त्यो फोहरमा हुने प्लास्टिकमात्र निराकण गर्न सकियो भने पनि धेरै कुरामा सहज हुनेछ र शहर पनि वातावरणअनुकूल हुनेछ । धेरैले खा
Image
शहरी बाढीको बढ्दो कहर अदूरदर्शी निर्माणको परिणाम कञ्चनमणि दीक्षित / योगेन्द्र सुवेदी ३ आश्विन २०७८, आइतबार गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्‍यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्‍यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे । बल्खुको तरकारी बजारमा वागमतीको पानी छिरेर हाम्रो भान्छामा पाक्ने एक करोड जतिकोे तरकारी नष्ट भयो । व्यवसायीहरूको नोक्सान भयो । नदीको पानी किनाराबाहिर आउँदा वा बाहिरको पानी नदीमा मिसिन नपाउँदा टेकु र मनहरा वरपरका सुकुम्बासी बस्तीको कन्तबिजोग भयो । काँडाघारी, परोपकार, सुन्दरीघाट, सानेपा र कालोपुलजस्ता ठाउँहरूको पनि यस्तै अवस्था भयो । कयौँ परिवारको धनमाल नोक्सानी भयो । काठमाडौँमा मात्र ३८५ घर डुबानमा परे । कोरोना संक्रमणले थला पारेका र बन्दाबन्दीको चपेटामा परेका काठमाडौँ शहरका बासिन्दालाई भदौको तेस्रोे हप्ता नेपाल सरकारले गरेको बन्दबन्दीको अन्त्यले केही राहत हुन थालेको थियो तर ठीक त्यही बेला शहरी बाढी