Posts

Showing posts from 2016

बिगुल बज्ने हाम्रो धरहरा ! (Article on Dharahara)

Image
                                        स्कुलका साथीहरूले तिम्रो घर कता ? भनेर सोध्दा  गर्वका साथ धरहरा भनिन्थ्यो । धरहरा सुनेपछि उनीहरू अचम्म मान्दै के तिमी धरहरामा बस्छौ ? भनेर प्रतिप्रश्न गर्थे । यस्ता प्रश्नका उत्तर प्रश्नमै दिने बानी प¥यो  । के रानीपोखरीमा बस्ने मानिसहरू रानीपोखरी भित्र नै बस्छन् त ? साँच्चै धरहरासँग धेरै नै आत्मियता रहेछ, हामी धरहरा वरिपरि बस्नेहरूको । धरहराले हामीलाई हरेक दिन बिहान, दिउँसो र साँझ एकनासले नियालेर हेरेको भान हुन्थ्यो । अगाडि हुँदा त्यति महत्व नभएको तर नभएपछि अभाव खड्किँदो रहेछ । वि. स. १८३२ मा भीमसेन थापाले रानी ललित त्रिपुरा सुन्दरीका लागि बनाइदिएको धरहरा वास्तवमा सैनिक प्रयोजनको लागि थियो । धरहरा त्यसबेलाको सबभन्दा अग्लो संरचना भएकाले त्यहाँबाट काठमाडौँ उपत्यकाको अवलोकन गर्न सजिलो हुन्थ्यो  । अहिलको जस्तो हल्लाखल्ला नभएको वातावरणमा त्यो बाटुलो बार्दलीमा बिगुल बज्दा टाढाटाढाबाट कर्मचारीहरू टुँडिखेलमा जम्मा हुनुपथ्र्यो भने सैनिकहरू सर्तक । बिगुल बजाउने काम धरहरा रहेसम्म रह्यो । प्रजातन्त्र र लोकतन्त्रजस्ता राष्ट्रिय दिवसहरूमा बिहान निन्द्र