Posts

Showing posts from April, 2021

वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ता

Image
  गत चैत २५ गते मध्याह्न १२ बजे जुगल नगरपालिकाको वाड नम्बर २, गोल्चे क्षेत्र तुवालोले ढाकेको थियो । गोल्चे सिन्धुपाल्चोकको दुर्गम ठाउँ हो । यस वडाको सीमाना चीनसँग जोडिएको छ । बाटो खन्न डोजरको बढ्दो प्रयोगले उड्ने धुलो र घरायसी इन्धनमा दाउरा बाल्दा घरभित्र हुने धुँवाबाहेक वातावरणमा हुने प्रदूषणबारे गाउँलेहरू अनभिज्ञ थिए । यस भेगका बासिन्दाहरूले आफ्नो जीवनमा कहिल्यै नदेखेको तुँवालो एक हस्तादेखि देखिराखेका थिए । तर उनीहरूलाई के कारणले यस्तो भइराखेको छ भन्ने कुनै हेक्का थिएन । यस्तो स्थिति अहिले गोल्चेमा मात्र नभई देशभरिका धेरै ठाउँमा छ । जनघनत्व बढी भएका शहरहरू काठमाडौँ, धनगढी, भरतपुर, नेपालगञ्ज, वीरगञ्ज लगायतमा प्रदूषणको गम्भीर समस्या छ । यी शहर विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्डभन्दा ठूलो मात्रामा प्रदूषित छन् । गत हप्तामा ‘आईक्यू एअर’ को ‘वायु प्रदूषण इन्डेक्स’ मा काठमाडौँ कहिले एक नम्बरमा त कहिले दोस्रो नम्बर रह्यो र संसारकै अत्याधिक प्रदूषित शहर हुन पुग्यो । अहिले पनि अवस्था सुधार भएको छैन । प्रदूषणले शुरूमा साना नानीहरूका आँखा पोल्ने, आँखा चिलाउने, रुघाखोकी लाग्ने र घाँटी चिल