Posts

Showing posts from April, 2024

१२ वैशाख २०७२ को भूकम्पलाई सम्झिने कि बिर्सने ?

Image
  अब ठूलो भूकम्प आउने छैन भन्ने विश्वास त पक्कै पनि होइन होला ! ‘के गर्ने, यस्तै चल्दै जान्छ’ भन्ने हाम्रो नानीदेखि लागेको बानी हावी हुन थालेको हो कि ?   कञ्चनमणि दीक्षित   २०८१ वैशाख १२ गते १९:४० गत हप्ता दुबईको बाढीको ताण्डव देख्दा प्रकृतिको सामु मानिसको केही नलाग्दो रहेछ भन्ने लाग्यो । इरादा त पानी पार्ने नै थियो तर प्रकृतिले कसरी प्रतिक्रिया दिंदो रहेछ भन्ने उदाहरण नै देखियो । हामीले नेपालको विभिन्न भू–भागमा हरेक वर्ष आएका बाढी र पहिरोले गरेको क्षति देखि–भोगिरहेकै छौं । तर त्यो कहालीलाग्दो २०७२ वैशाख १२ गतेको भूकम्प क्षति र त्रासदीका हिसाबले बिर्सन नसकिने बन्यो । ९ वर्षअघि आजकै दिन मध्याह्नमा गोरखालाई केन्द्रविन्दु बनाइआएको ७.९ रेक्टर स्केलको भूकम्पमा झण्डै ९ हजार मानिसले ज्यान गुमाए भने करिब २२ हजार मानिस घाइते भए । ६ लाख घर पूर्णरूपमा ध्वस्त भए भने करिब ३ लाख घरमा केही न केही क्षति पुग्यो । वैज्ञानिकहरूका अनुसार नेपालको हिमालयमुनि अझै पनि ठूलो मात्रामा ऊर्जा जम्मा भएर रहेको छ । २०७२ को भूकम्पमा केही मात्रामा सो ऊर्जा निस्कन सफल भएको थियो । निकट भविष्यमा अर्को ठूलो भूकम्प जाने निश