Posts

Showing posts from November, 2019

फोहोरमैला व्यवथापनको एउटा बिम्ब ‘निलो ड्रम’ विज्ञान कथा

                                                                                                                           कन्चन मणी दीक्षीत आजभोलि एकाविहानै हिड्ने मानिसको सङ्ख्यामा वृद्घि हुन थालेको छ । हुन पनि किन नहोस् डाक्टरले विहान हिड्नै सल्लाह दिन्छन् । मधुमेह र उच्च रक्तचापका लागी विहान हिड्दा फाईदा हुन्छ भन्छन् डाक्टरहरु । एकाविहान कहाँ र कता हिड्न जाने ? दिउँसो वायू प्रदुषण, मानिस र गाडीको भिडले हिड्न गाह्रो हुन्छ भने विहान जताततै सडकमा र्कापेट सरह छरीएको फोहरको डुङ्गुर र कुचीकारले कुचा चलाउँदा निस्केको धुलोले । कहाँबाट आयो विहान विहानै यति धेरै फोहर ? काठमाडौ उपत्यकाको जनसङ्ख्यामात्रै चालीस लाख मानिसले प्रयोग गरी फालेका सामान, खाद्यान्न आदि प्रतिदिन कति धेरै हुन्छ होला अनुमान गर्न पनि कठिन छ । एक अध्ययनले देखाए अनुसार काठमाडौ उपत्यकामा प्रतिदिन आठ सयदेखि एक हजार टन फोहरमैला उत्पादन हुने रहेछ । यी फोहरमा प्लाष्टिकको झोला, लत्ताकपडा, टिन र फलामले बनेका सामान तथा सिसाका टुक्रा र रेष्टुरेन्टबाट निस्कने खाद्य र अखाद्य फोहर विषेश हुन्छन् । अहिले फोहर व्यवस्थापनमा महानगरपा

तथ्याङ्क विश्लेषण विनाको विकास कति महंगो ? विज्ञान कथा

                                                                                                                     कन्चन मणी दीक्षीत हालसालै काठमाडौंमा एक अर्तरक्रिया कार्यक्रममा नेपालमा धेरै बर्ष बिताएका वातावरण इतिहासकार थोमस रोर्वटसनको ब्याख्यान सुन्ने मौका मिल्यो । थोमसले सन् १९५० दशकका इतिहास केलाएर नेपालको तराईमा फैलिएको औलोको महामारीबारे अनुसन्धान गर्नुभएको थियो । लामखुट्टेलाई नेपालको विकासका प्रमुख सुत्रधार मानेका फुलब्राईटका पूर्व कार्यकारी निर्देशक थोमसले तराईको औलोमा गरिएको अध्ययनका आफ्ना सिकाई बाँड्नुभएको थियो । उहाँको अत्यन्त रोचक प्रस्तुतीको क्रममा धेरै नै नयाँ कुरा जान्न पाईयो । जस मध्ये पृथ्वीनारायण शाहको मृत्युको कारण औलोको ज्वरो हो भन्ने पनि थियो । वातावरण इतिहासकार भएर यस्तो सूष्म रुपमा अध्ययन गरेका व्यक्तिसँग बार्तालाप गरी अरू नयाँ कुरा सिक्ने इच्छा थियो तर समयको अभावले त्यस दिन यो पुरा हुन सकेन, तर मौका मिलेमा इच्छा अझै छ । नेपालका राष्ट्र निर्माताका बारेका यो कुरा हामी सबैलाई थाहा नभएको हुनसक्छ । हामीले पढेको इतिहासमा पृथ्वीनारायण शाहको मृत्युको कारणका बार