Posts

Showing posts from January, 2017

ट्रोल्सले सिकाएको जीवनको मूल्य

Image
कञ्चनमणि दीक्षित अघिल्लो साता छोरासँग बसेर एउटा अत्यन्त रमाइलो कार्टुन चलचित्र ‘ ट्रोल्स ’ हेर्न पुगे । बालबालिकालाई लक्षित गरी बनाइएको यस चलचित्रले जीवनको सत्य दर्साएको मैले पाएँ । यस चलचित्रमा दुई प्रकारका पात्रहरुका चित्रण गरिएको छ । ट्रोल्स भन्ने स – साना पात्रहरु नाच्न र गाउन मनपराउँछन् र अत्यन्त सुखी हुने प्रयास गर्छन भने अर्का पात्र ‘ बर्गन ’ हुन् । यिनले टोल्सलाई आहारा बनाउँछन् । ट्रोल्सहरु अरुको आहार भएको र आफ्नो जिन्दगी अनिश्चित भएकाले सधैँ एक – अर्कालाई माया गर्ने र रमाइलो गर्ने गर्छन् । उनीहरुको हातमा बाँधिएको एक किसिमको घडी समय – समयमा बज्छ र बज्नेबित्तिकै उनीहरू एक – अर्कालाई अँगालो मार्छन् र आफु जीवित रहेकोमा कृतज्ञ हुन्छन् , खुशी मनाउँछन् ।   ट्रोल्स जस्तै यदि मानिसहरुले पनि आफ्नो बहुमुल्य जीवनको यथार्थ बुझेर सबैसँग सद्भाव कायम गर्न सकेको भए , हामी दुःख , सुख , स्वर्ग र नर्कको वादविवादबाट उम्किन सक्थ्याँै होला र यस पृथ्वीमा झै –