Posts

Showing posts from 2020

कोरोना, प्रदुषण र आशा (सन्दर्भ : वातावरण दिवस)

Image
कञ्चनमणि दीक्षित   एकातिर कोभिड १९ ले विश्वभर भयाङ्कर समस्या ल्याएको छ भने अर्कोतिर हामी सबैलाई परिवार र प्रकुतिसँग घरमा बसेर रमाउने मौका मिलेको छ । सफा हावामा सास फेर्न पाएका छौ । होहल्ला कम भई वातावरणमा ध्वनी प्रदुषणको मात्रामा सुधार भई हामीहरुको मन स्थिर हुन थालेको छ । भोलि लकडाउन खुलेमा फेरै पुरानै शैलीमा मानिसको आचरण फर्कने आधार देखिसकेको छु मैले र सोच्दा पनि मन कहाली लाग्दो गरी थरथर काम्न थाल्छ । हाम्रो नियन्त्रण बाहिरको कुरा, हामी के नै गर्न सक्छौ र ! स्वच्छ वातावरणमा विहान पाँच बजे नै ध्यान गर्न रमाउँन थालेको छु । हिजो मात्रको कुरा हो । ध्यानमा बस्ने बेलामा झ्याल बाहिर दुई जुरेलीहरू मिठो आवाजमा वार्तालाप गरिराखेको थिए । सधैंकोभन्दा केही फरक लागेर यसो झ्यालबाट बाहिर हेर्न मन लाग्यो । भर्खरै उड्न सिकेको सानो जुरेली आफूभन्दा ठूलो जुरेलीसँग (सायद उनकी आमा) सँग वार्तालाप गरीराखेको रहेछ । दुबै ठूलो स्वरमा कुरा गर्दैै थिए । ध्यानमा बसें तर उनीहरुको त्यस मिठो वार्तालापबाट मन हट्न सकेन । बुझ्न प्रयास गरें तर के सक्नु चराको भाषा बुझ्न । एकाएक छर्लङ्ग भयो । लाग्यो मैले उनीहरुको

भूतले सारेको बासस्थानः कोरोना भूत

Image
                                                                                                                                            कञ्चनमणी दीक्षित एक युरोपेली संस्थाले नेपालको एक दुर्गम गाउँमा राखेको सौर्य उर्जाद्वारा सञ्चालित बत्तिले त्यस गाँउका मानिसहरुको जीवनमा ल्याएको परिवर्तनबारे छलफल कार्यक्रममा भाग लिने मौका पाएको थिएँ । बत्ती रातमा बालिने हुँदा त्यहाँका मानिसहरुको रात्री जनजीवन सहज हुंदै गएको कुरालाई औल्याउँदै चोर, जङ्गली जनावर र भूत प्रेतबाट सुरक्षा मिलेको कुरामा छलफल हुदै थियो । विशेषगरी राती दिसा पिसाब गर्न बाहिर जाँदा भूतसँग स्थानियलाई डर लाग्न छाडेको कुरा रोचक लाग्दो बिषय थियो त्यो कार्यक्रमको । भूतको प्रसङ्ग आयो र भूतका बारेमा केही लेखुँ भन्ठानेँ । आफुले नदेखेको कुरामा के लेख्ने ? सानो उमेरमा बुढाबुढीले भूतको कुरा गर्दा, राती देखापर्ने राकें भूत, भकुण्डे भूत, डल्ले भूत र ख्याकको कुरा गर्थे । यी कथा सुनेपछि घर बाहिर भएको चर्पी जान धेरै नै डर लाग्थ्यो । अहिले जस्तो घरभित्र नै चर्पी हुदैनथ्यो । चर्पीमा पनि सानो ‘जेरो वाट’को ( Zero Watt ) बत्ती हुन्थ्यो जस्

विकास र वातावरण दुवैको सन्तुलन खोज्ने कस्ले र कहिले ? विकास वहस

                                                                                                        कन्चन मणी दीक्षीत हामी आफै सँग प्रश्न गरौं, हामी केका लागि लड्दै छौं ? हाम्रो एजेण्डा के हो ? कस्को हकहितको पक्षमा लड्दै छौं ? के हामीले बोलेका कुरा हाम्रो जीवनमा लागु गरेका छौं त ? म काठमाडौ शहरको बीचमा बस्छु । घरैघरको बीचमा खुल्ला ठाँउ देख्न मुस्किल भैसकेकोछ । रुखलाई अत्यन्त माया गर्छु र आफ्नो घरमा केही रुख लागाएर हरियाली बनाँएको छु । घर वरपरका जमिनमा सिमेन्टको संरचाना बनाएर भाडामा दिनुको सट्टा सानो करेसावारी बनाएर खुल्ला छाडेको छु ताकि बर्षाको पानीले भूमिगत पानीे भण्डारको पुनर्भरणमा मद्दत पुगोस् । बर्षाको पानी जमिन मुनि जान्छ र पुनर्भरण गर्छ भनेर मनमा सन्तुष्टि आँउछ । वर्षाको पानी संकलन गरी दैनिक प्रयोजनका लागि प्रयोग गर्ने गरेको छु । गत हप्ता काठमाडौमा वातावरण प्रेमीहरुको जमघट र विरोधसभा थियो । कलङ्की र महाराजगञ्ज बीचको बाटो फराकिलो पार्ने क्रममा धेरै रुख काट्नु पर्ने कुरा अगाडि आएको हुदाँ यो कुरा वातावरण प्रेमीलाई दुःख लागेर त्यसलाई ब्यक्त गर्दै रुखलाई अङ्गालो मारेर वि

विपद्, वर्क फ्रम होम र पूर्वाधार- विषदको शिक्षा

आजबाट २८ दिन पुगेछ नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको । लकडाउन सुरु गरेको दिनको विहान बैङ्गलोरका एक साथीले वर्क फ्रम होमको पेजमा सहमति जनाउन भनेर अनुरोध गरेका थिए । कोभिड–१९ को समयमा सक्रमण हुनबाट जोगिने उपाय भनेर धेरै संस्थाले यसलाई उपनाउन थालेका थिए । यसो गर्दा प्रत्यक्ष रुपमा एक अर्काको नजिक आएर काम गर्नु पर्दैन र रोग सर्ने सम्भावना कम हुन्छ । कार्यालयमा कर्मचारीको स्वास्थलाई मध्यनजर गर्दै घरबाट काम गरौं भनेर निर्णय गरेर कार्यालयबाट आएका थियौं। त्यही दिनको बेलुका नै सरकारले लकडाउन गर्ने निर्णय ग¥यो । लकडाउनमा हामी वर्क फ्रम होम भनेर तर बस्यौं । तर हामीलाई घरबाट काम गर्न अहिलेका पूर्वाधारले सघाउँछ त भन्ने प्रश्नहरु प्रशस्त थिए हामीसँग । यी समस्या हेर्दा हामी विपदका लागि पक्का पनि तयार रहेन रहेछौं । विगतमा बाढी र पैह्रो आए, धेरै पाठ दिए तर केही सिकेनौं । ठूलो भुकम्प आएर सामाजमा हलचल ल्यायो । विपद व्यवस्थापनका केही नयाँ सोच र सिकाई आउँछ कि भन्ठानेको त त्यसलाई पनि हामीले केही महिनामा बिर्सिसक्यौं । अहिले कोभिड माहामारीको त्रास छ सबैमा र कतिपयले त यसलाई जितेर अगाडी पनि बढिसकेक