Posts

Showing posts from 2019

फोहोरमैला व्यवथापनको एउटा बिम्ब ‘निलो ड्रम’ विज्ञान कथा

                                                                                                                           कन्चन मणी दीक्षीत आजभोलि एकाविहानै हिड्ने मानिसको सङ्ख्यामा वृद्घि हुन थालेको छ । हुन पनि किन नहोस् डाक्टरले विहान हिड्नै सल्लाह दिन्छन् । मधुमेह र उच्च रक्तचापका लागी विहान हिड्दा फाईदा हुन्छ भन्छन् डाक्टरहरु । एकाविहान कहाँ र कता हिड्न जाने ? दिउँसो वायू प्रदुषण, मानिस र गाडीको भिडले हिड्न गाह्रो हुन्छ भने विहान जताततै सडकमा र्कापेट सरह छरीएको फोहरको डुङ्गुर र कुचीकारले कुचा चलाउँदा निस्केको धुलोले । कहाँबाट आयो विहान विहानै यति धेरै फोहर ? काठमाडौ उपत्यकाको जनसङ्ख्यामात्रै चालीस लाख मानिसले प्रयोग गरी फालेका सामान, खाद्यान्न आदि प्रतिदिन कति धेरै हुन्छ होला अनुमान गर्न पनि कठिन छ । एक अध्ययनले देखाए अनुसार काठमाडौ उपत्यकामा प्रतिदिन आठ सयदेखि एक हजार टन फोहरमैला उत्पादन हुने रहेछ । यी फोहरमा प्लाष्टिकको झोला, लत्ताकपडा, टिन र फलामले बनेका सामान तथा सिसाका टुक्रा र रेष्टुरेन्टबाट निस्कने खाद्य र अखाद्य फोहर विषेश हुन्छन् । अहिले फोहर व्यवस्थापनमा महानगरपा

तथ्याङ्क विश्लेषण विनाको विकास कति महंगो ? विज्ञान कथा

                                                                                                                     कन्चन मणी दीक्षीत हालसालै काठमाडौंमा एक अर्तरक्रिया कार्यक्रममा नेपालमा धेरै बर्ष बिताएका वातावरण इतिहासकार थोमस रोर्वटसनको ब्याख्यान सुन्ने मौका मिल्यो । थोमसले सन् १९५० दशकका इतिहास केलाएर नेपालको तराईमा फैलिएको औलोको महामारीबारे अनुसन्धान गर्नुभएको थियो । लामखुट्टेलाई नेपालको विकासका प्रमुख सुत्रधार मानेका फुलब्राईटका पूर्व कार्यकारी निर्देशक थोमसले तराईको औलोमा गरिएको अध्ययनका आफ्ना सिकाई बाँड्नुभएको थियो । उहाँको अत्यन्त रोचक प्रस्तुतीको क्रममा धेरै नै नयाँ कुरा जान्न पाईयो । जस मध्ये पृथ्वीनारायण शाहको मृत्युको कारण औलोको ज्वरो हो भन्ने पनि थियो । वातावरण इतिहासकार भएर यस्तो सूष्म रुपमा अध्ययन गरेका व्यक्तिसँग बार्तालाप गरी अरू नयाँ कुरा सिक्ने इच्छा थियो तर समयको अभावले त्यस दिन यो पुरा हुन सकेन, तर मौका मिलेमा इच्छा अझै छ । नेपालका राष्ट्र निर्माताका बारेका यो कुरा हामी सबैलाई थाहा नभएको हुनसक्छ । हामीले पढेको इतिहासमा पृथ्वीनारायण शाहको मृत्युको कारणका बार

पिउने पानीमा चेन्नाईको पाठ

कञ्चनमणिदीक्षित यही सन् २०१९ मनसुनअगाडि भारतको चेन्नाईसहरमा भएको पानीको हाहाकारले हामी सबैलाईचिन्तित तुल्यायो।चेन्नाईमाकरिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाडगर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमाप्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउनतथा शौचालयमा प्रयोग गर्न पानीअभाव भएपछिकतिपयसंस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयकाकाम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ। त्यति धेरै पानी भएको चेन्नाईसहर अकस्मात् किन यस्तो डरलाग्दो स्थितिमा पुग्यो ? यो अवस्था एक दिन, महिना वा वर्षमा आएको होइनरहेछ। बैंगलोरस्थित आन्ना विश्वविद्यालयले गरेको एक अध्ययनले बितेको एक दशकमा चेन्नाईको बढ्दो सहरीकरणले गर्दा ३३ प्रतिशत सिमसार र २४ प्रतिशत कृषियोग्य जमिन नष्ट भएका देखायो। सन् १९७० ताका तामिलनाडु सरकारले ताल पुरेर स्मारक बनाउन थालेपछि यो समस्या पनि सुरु भएको हो। त्यसपछिका दिनमा बढेका घर, सडक तथा अन्यविभिन्न संरचना निर्माणले प्राकृतिक पानीको उपलब्धतामा धेरै नकारात्मक असर पार्‍यो। अ

अनुशासन र प्रेमको बाटो

पुस्तक ः द रोड लेस ट्राभल्ड ः ए न्यू फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ लेखक ः मोर्गान स्टक पेक प्रकाशक ः एरो बुक्स, लन्डन, २००६ पृष्ठ ः ३०४ मूल्य ः ७.९९ स्टर्लिङ पाउण्ड समीक्षक ः कञ्चनमणि दीक्षित आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन््, तर धैर्य छैन । मान्छे–मान्छेबीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन्् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैंप्रतिको अविश्वास र जिन्दगीको  उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ््दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।Fagun-2073 http://isetnepal.org.np/wp-content/uploads/2019/10/Fagun-2073-1-2.pdf or http://isetnepal.org.np/wp-content/uploads/2018/12/Fagun-2073.pdf

रुख विना मानव जीवन सम्भव छ ? विज्ञान कथा

Image
                                                                                                                                      कन्चन मणी दीक्षीत विहान “र्मनिङ्ग वाक”मा निस्कन लागेको बेला छिमेकमा एक बृद्घ ब्यक्ति र बालक रुख रोप्दै गरेको देख्दा एक छिन नजिक गएर हेर्न मन लाग्यो । “बाबु हाम्रो जीवनमा हामीले धेरै रुख रोप्नु पर्छ” । करिब पाँच वर्षको एक बालकलाई ७० वर्ष काटेका हजरबुबा बगैचामा रुख रोप्न सिकाउँदै थिए । रुखको विरुवा तिमी जस्तै सानो हुन्छ । यसलाई राम्रोसँग समालेर यसरी खाडलमा हाल्नु पर्छ भन्दै खनेर मल हालिराखेको खाडलमा रुखको विरुवा रोपेर पानी हाल्दै थिए, हजुरबुवा । तेतिनै खेर आमा बालकलाई खाजा खान बोलाँउछिन् । भोकले भुतुक्क भएको बालक हजुरबुवाबाट भाग्ने निहँु पाएकोमा दर्गुदै आमाकहाँ पुग्छ । के भन्दै हुनुहुन्छ हजुरबुबा ? रुख लगाउनु पर्छ भन्दै हुनुहुन्छ नि । हामीले किन रुख रोप्नु पर्छ आमा ? यति सानो बालकलाई के भनेर बुझाउनु– आमा सोच्न थालिन् र भनिन् “बाबु रुख रोपेमा हाम्रो घर वरपर हरीयाली हुन्छ” । किन हरीयाली बनाँउनु पर्छ ? बालक फेरी प्रश्न गर्छन् । जबाफ आँउछ, “यस्ले

घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा

Image
 कन्चन मणी दीक्षीत आमा विमला दिदी हिजोआज विद्यालाय किन नगएकी ? दिदीलाई के भएको छ ? ओछ्यानमा सुतिराखेकी दिदीलाई देखाउँदै पाँच वर्षको केशव खाना पकाइराखेकी आमालाई प्रश्न गर्छन् । खाना पकाउँदै गरेकी आमा कुरा नसुनेको जस्तो गरी खाना पकाउन ब्यस्त रहन्छिन् । फेरि आमालाई कोट्याउँदै केशव आफ्नो प्रश्न दोहर्याउँछ । निम्नमध्यम वर्गको परिवारमा विवाह गरेर काठमाडौं आएकी पार्वती, श्रीमानको मृत्युपछि खचाखच घर भएको भोटाहिटीमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । १२ वर्षकी छोरी विमला नजिकैको दरवार हाइ स्कुलमा ७ कक्षामा पढ्दै छिन् । पढाइमा उनको निकै नै रुची छ र जहिले पनि अब्बल नम्वर ल्याउँछिन् । यसले गर्दा उनी शिक्षककि प्रिय विद्यार्थी रहेकी छिन् । आर्थिक अभावका कारण छोरालाई विद्यालय हाल्न नसकेकी पार्वतीलाई अरुको घर धन्दा गरेको पैसाले घर चलाउन मुस्किल परेको छ । केशवको प्रश्नको उत्तर दिँदै उनी भन्छिन, दिदीलाई हिजोआज सच्चो भएन त्यसैले विद्यालय नगएर सुतिराखेकी छिन् । के भएको छ ?, केशव सोध्छन् । पार्वती— खोकीलागेको छ । खोकी के ले लाग्छ ? केशव प्रश्न गर्दै जान्छ । खै डाक्टरहरू धुवाँ र धुलोले भएको भन्

नेपथ्यमा स्वतन्त्रता दिवस

Image
                                                                                                                                                                                                                               कञ्चनमणि   दीक्षित “ अब म केहीबेरमा यहाँ उपस्थितमध्येबाट अतिथिको आसन ग्रहण गर्नुहुने पाहुनाहरुलाई मञ्चमा बेलाउने छु ” च्यान्टे डल्फिनले उद्घोषण ग ¥ यो । सभामा धेरै पाहुनाहरु आएका थिए । सभा एकदम उल्लासमय थियो । उपस्थित सबैले एकले अर्कोको अनुहार हेरिरहेका थिए , कौतुहल बनिरहेको दृश्य अझ रोमाञ्चक थियो । च्यान्टेले फेरि बोल्न सुरु ग ¥ यो —“ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आज म यहाँ उप स्थित सबै सहभागीहरुलाई स्वागत गर्दछु । यो हाम्रो पहिलो स्वतन्त्रता दिवस हो र हामीले सबै समुन्द्रका र वरपरका प्राणीलाई निमन्त्रणा दिएका छाँै । अब प्रायः धेरै आइसक्नुभएको छ भने कोही आउने क्रममा हुनुहुन्छ । आज हामीले केही विषेश पाहुनाहरुलाई पनि यहाँहरुको माझमा आमन्त्रण गरेका छाँै । त