Posts

Showing posts from May, 2021
Image
कोरोना र वायु प्रदूषणको अन्तर्सम्बन्ध कञ्चनमणि दीक्षित ३१ बैशाख २०७८, शुक्रबार   पढ्न लाग्ने समय:   4   मिनेट नेपालमा यही वैशाख ३० गतेसम्ममा ४ लाख ३१ हजार १९१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये ४ हजार ४६६ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ छ । काठमाडौँ उपत्यका सुनसान छ । निषेधाज्ञाका कारणले सडकमा अति सीमित मात्र सवारीसाधन चलेका छन् । अति आवश्यक वस्तुको ढुवानीका, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिका, शान्ति सुरक्षा कायम गर्ने सुरक्षाकर्मीका, सञ्चारकर्मीका सवारीसाधन तथा एम्बुलेन्स र शववाहन चलेका छन् । बिरामीका आफन्तहरूलाई हैरान छ । अस्पतालको प्रशासनबाट नोटिस आउँछ– अस्पतालले अक्सिजन पुर्‍याउन नसकेको कारणले आफैँ व्यवस्था गर्नु, अस्पतालले थप भर्ना लिँदैन, इत्यादि । बिरामीका आफन्त अक्सिजन खोज्न कहाँ जाने ! यो कस्तो आपत आइलागेको ! भनसुन गर्दा बेड पाइन्थ्यो । अब त्यस्तो अवस्था पनि रहेन । कोरोना संक्रमणको पहिलो लहरमा यस्तो संकट भएको थिएन । यसपालि मलाई समस्या पर्दा कि यस्तो किन भयो ? यो प्रश्न आजभोलि हरेक भुक्तभोगीको मनमा छ । कतिपयले सोचेका पनि हो