Posts

Showing posts from August, 2019

अनुशासन र प्रेमको बाटो

पुस्तक ः द रोड लेस ट्राभल्ड ः ए न्यू फिजिकोलोजी अफ लभ, ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ लेखक ः मोर्गान स्टक पेक प्रकाशक ः एरो बुक्स, लन्डन, २००६ पृष्ठ ः ३०४ मूल्य ः ७.९९ स्टर्लिङ पाउण्ड समीक्षक ः कञ्चनमणि दीक्षित आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन््, तर धैर्य छैन । मान्छे–मान्छेबीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन्् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैंप्रतिको अविश्वास र जिन्दगीको  उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ््दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।Fagun-2073 http://isetnepal.org.np/wp-content/uploads/2019/10/Fagun-2073-1-2.pdf or http://isetnepal.org.np/wp-content/uploads/2018/12/Fagun-2073.pdf