Posts

Showing posts from September, 2019

पिउने पानीमा चेन्नाईको पाठ

कञ्चनमणिदीक्षित यही सन् २०१९ मनसुनअगाडि भारतको चेन्नाईसहरमा भएको पानीको हाहाकारले हामी सबैलाईचिन्तित तुल्यायो।चेन्नाईमाकरिब ४१ प्रतिशत पानी पर्न कम भएको र मनसुनअगाडिनै पिउने पानी संकलन र बाँडफाडगर्न प्रयोग भएका ताल र खोला पूर्ण रूपमा सुके। त्यसबेला चेन्नाईमाप्लास्टिकका बोतलमा पाइने पानीको मूल्य ४ गुणा बढेको थियो। कार्यालयमा पिउनतथा शौचालयमा प्रयोग गर्न पानीअभाव भएपछिकतिपयसंस्थाले त आफ्ना कर्मचारीलाई घरमै बसेर कार्यालयकाकाम गर्नसमेत निर्देशनदिए। मनसुनको वर्षाले भने केही राहत दिएको छ। त्यति धेरै पानी भएको चेन्नाईसहर अकस्मात् किन यस्तो डरलाग्दो स्थितिमा पुग्यो ? यो अवस्था एक दिन, महिना वा वर्षमा आएको होइनरहेछ। बैंगलोरस्थित आन्ना विश्वविद्यालयले गरेको एक अध्ययनले बितेको एक दशकमा चेन्नाईको बढ्दो सहरीकरणले गर्दा ३३ प्रतिशत सिमसार र २४ प्रतिशत कृषियोग्य जमिन नष्ट भएका देखायो। सन् १९७० ताका तामिलनाडु सरकारले ताल पुरेर स्मारक बनाउन थालेपछि यो समस्या पनि सुरु भएको हो। त्यसपछिका दिनमा बढेका घर, सडक तथा अन्यविभिन्न संरचना निर्माणले प्राकृतिक पानीको उपलब्धतामा धेरै नकारात्मक असर पार्‍यो। अ