अनुशासन र प्रेमको बाटो
   पुस्तक ः द रोड लेस ट्राभल्ड ः ए न्यू फिजिकोलोजी अफ लभ,  ट्रेडिशनल भ्यालुज एन्ड स्पिरिच्युअल ग्रोथ  लेखक ः मोर्गान स्टक पेक  प्रकाशक ः एरो बुक्स, लन्डन, २००६  पृष्ठ ः ३०४  मूल्य ः ७.९९ स्टर्लिङ पाउण्ड   समीक्षक ः कञ्चनमणि दीक्षित   आज धेरै मानिससँग विभिन्न थरीका आधुनिक सुविधा उपलब्ध छन््, तर धैर्य छैन । मान्छे–मान्छेबीच विश्वास र सहिष्णुताको खाडल बढेको छ । जीवनयापन गर्दा आइपर्ने समस्यालाई सामान्य हिसाबले नलिंदा र बुझन–जान्न नखोज्दा मानिसमा निराशा बढेको छ, उनीहरू तनावमा छन्् । आर्थिक असमानता बढेको छ, मानिस असहिष्णु बन्दै गएको छ र अशान्ति व्याप्त हुँदैछ । आफैंप्रतिको अविश्वास र जिन्दगीको  उद्देश्य सम्बन्धी अन्योलका कारण आत्महत्या गर्नेहरूको संख्या पनि बढ््दै गएको छ । मानिस परिस्थितिको भुमरीमा हराउँदो छ ।Fagun-2073   http://isetnepal.org.np/wp-content/uploads/2019/10/Fagun-2073-1-2.pdf   or   http://isetnepal.org.np/wp-content/uploads/2018/12/Fagun-2073.pdf