कोरोना, प्रदुषण र आशा (सन्दर्भ : वातावरण दिवस)
कञ्चनमणि दीक्षित एकातिर कोभिड १९ ले विश्वभर भयाङ्कर समस्या ल्याएको छ भने अर्कोतिर हामी सबैलाई परिवार र प्रकुतिसँग घरमा बसेर रमाउने मौका मिलेको छ । सफा हावामा सास फेर्न पाएका छौ । होहल्ला कम भई वातावरणमा ध्वनी प्रदुषणको मात्रामा सुधार भई हामीहरुको मन स्थिर हुन थालेको छ । भोलि लकडाउन खुलेमा फेरै पुरानै शैलीमा मानिसको आचरण फर्कने आधार देखिसकेको छु मैले र सोच्दा पनि मन कहाली लाग्दो गरी थरथर काम्न थाल्छ । हाम्रो नियन्त्रण बाहिरको कुरा, हामी के नै गर्न सक्छौ र ! स्वच्छ वातावरणमा विहान पाँच बजे नै ध्यान गर्न रमाउँन थालेको छु । हिजो मात्रको कुरा हो । ध्यानमा बस्ने बेलामा झ्याल बाहिर दुई जुरेलीहरू मिठो आवाजमा वार्तालाप गरिराखेको थिए । सधैंकोभन्दा केही फरक लागेर यसो झ्यालबाट बाहिर हेर्न मन लाग्यो । भर्खरै उड्न सिकेको सानो जुरेली आफूभन्दा ठूलो जुरेलीसँग (सायद उनकी आमा) सँग वार्तालाप गरीराखेको रहेछ । दुबै ठूलो स्वरमा कुरा गर्दैै थिए । ध्यानमा बसें तर उनीहरुको त्यस मिठो वार्तालापबाट मन हट्न सकेन । बुझ्न प्रयास गरें तर के सक्नु चराको भाषा बुझ्न । एकाएक छर्लङ्ग भयो । लाग्यो मैले उनीहरुको