ट्रोल्सले सिकाएको जीवनको मूल्य
          कञ्चनमणि  दीक्षित     अघिल्लो  साता  छोरासँग  बसेर  एउटा  अत्यन्त  रमाइलो  कार्टुन  चलचित्र  ‘ ट्रोल्स ’ हेर्न  पुगे  ।  बालबालिकालाई  लक्षित  गरी  बनाइएको  यस  चलचित्रले  जीवनको  सत्य  दर्साएको  मैले  पाएँ  ।  यस  चलचित्रमा  दुई  प्रकारका  पात्रहरुका  चित्रण  गरिएको  छ  ।  ट्रोल्स  भन्ने  स – साना  पात्रहरु  नाच्न  र  गाउन  मनपराउँछन्  र  अत्यन्त  सुखी  हुने  प्रयास  गर्छन  भने  अर्का  पात्र  ‘ बर्गन ’  हुन्  ।  यिनले  टोल्सलाई  आहारा  बनाउँछन्  ।  ट्रोल्सहरु  अरुको  आहार  भएको  र  आफ्नो  जिन्दगी  अनिश्चित  भएकाले  सधैँ  एक – अर्कालाई  माया  गर्ने  र  रमाइलो  गर्ने  गर्छन्  ।  उनीहरुको  हातमा  बाँधिएको  एक  किसिमको  घडी  समय – समयमा  बज्छ  र  बज्नेबित्तिकै  उनीहरू  एक – अर्कालाई  अँगालो  मार्छन्  र  आफु  जीवित  रहेकोमा  कृतज्ञ  हुन्छन् , खुशी  मनाउँछन्  ।        ट्रोल्स  जस्तै  यदि  मानिसहरुले  पनि  आफ्नो  बहुमुल्य  जीवनको  यथार्थ  बुझेर  सबैसँग  सद्भाव  कायम  गर्न  सकेको  भए , हामी  दुःख , सुख , स्वर्ग  र  नर्कको  वादविवादबाट  उम्किन  सक्थ्याँै  होला  र  यस  पृथ्वीमा  झ...