ट्रोल्सले सिकाएको जीवनको मूल्य



कञ्चनमणि दीक्षित

अघिल्लो साता छोरासँग बसेर एउटा अत्यन्त रमाइलो कार्टुन चलचित्रट्रोल्सहेर्न पुगे बालबालिकालाई लक्षित गरी बनाइएको यस चलचित्रले जीवनको सत्य दर्साएको मैले पाएँ यस चलचित्रमा दुई प्रकारका पात्रहरुका चित्रण गरिएको ट्रोल्स भन्ने साना पात्रहरु नाच्न गाउन मनपराउँछन् अत्यन्त सुखी हुने प्रयास गर्छन भने अर्का पात्रबर्गन हुन् यिनले टोल्सलाई आहारा बनाउँछन् ट्रोल्सहरु अरुको आहार भएको आफ्नो जिन्दगी अनिश्चित भएकाले सधैँ एकअर्कालाई माया गर्ने रमाइलो गर्ने गर्छन् उनीहरुको हातमा बाँधिएको एक किसिमको घडी समयसमयमा बज्छ बज्नेबित्तिकै उनीहरू एकअर्कालाई अँगालो मार्छन् आफु जीवित रहेकोमा कृतज्ञ हुन्छन्, खुशी मनाउँछन्
 
ट्रोल्स जस्तै यदि मानिसहरुले पनि आफ्नो बहुमुल्य जीवनको यथार्थ बुझेर सबैसँग सद्भाव कायम गर्न सकेको भए, हामी दुःख, सुख, स्वर्ग नर्कको वादविवादबाट उम्किन सक्थ्याँै होला यस पृथ्वीमा झैझगडा, काटमार लुछाचुँडी हुँदैनथ्यो होला जीवनको यथार्थ बुझ्ने पहिला हामी आफ्नो अस्तित्वको निक्र्याेल गरौँ हामी को हौँ < आँखा चिम्लौँ आफ्नो घरलाई ध्यानमा लिँदै मनमनै उड्न सुरु गरौँ हाम्रो घर सानोसानो हँुदै जान्छ, त्यसपछि टोल सानो हँुदै जान्छ, बिस्तारै अब देश अनि महादेश सानो हँुदै जान्छ यावत तरिकाले जाँदै गर्दा पृथ्वी नै सानो हुन थाल्छ अनि ब्रह्माण्ड सानो देखिन थाल्छ अब हामी आफूलाइ खोजौँं, कहाँ छौँ हामी < एक सानो कमिला हामीमा के अन्तर < अस्तित्वविहीन
  
यस परिदृश्यमा हामीले आफूलाई कहाँ राखेका छौँ < हामीले गर्नु के < यस्ता सवालहरु मनमा प्रशस्त उठ्ने गर्छन् सोचौँ त्यस्ता व्यक्तिहरु जसले ठूला ठूला काम गरे कहाँ गए होलान ? उनीहरुका नाम अस्तित्व कहिलेसम्म रह्यो < पहिलाका भारत ग्रीस मेसोपोटामिया सभ्यतामा पनि पुरुषार्थ गर्ने व्यक्तिहरु नभएका होइनन् होला अहिले उनीहरुलाई कसले सम्झन्छ < भानुभक्त, महाकवि लक्ष्मीप्रसाद देवकोटाजस्ता व्यक्तिहरुलाई कति पुस्ताले स्मरण गर्लान्

हाम्रो जीवनको लक्ष्य के < यस्ता प्रश्नको सहज उत्तर भने छैनन् ट्रोल्सले सिकायझँै हाँसी खुसी बाच्न भने सक्छाँै आफुभन्दा सानो वृद्धलाई माया गरौँ अशक्तको सहायता गरौँ गरिबको सेवा गरौँ प्रकृतिलाइ सम्मान माया गरौँ हरेक क्षण हाम्रो लागि वरदान सावित हुनेछ आनन्दको अनुभुति हुनेछ यसलाई नै हाम्रो जीवनको लक्ष्य बनाउन सकिन्न < हामीले अमूल्य जीवन पाएका छौँ, प्रकृतिप्रति कृतज्ञ भई धन्यवाद दिऔँ सुखी भएर बाचौँ

Comments

  1. Very good article Kanchanjee. It is good to see how you were able to link "Children Cartoon" to real life.

    -Pradeep Adhikari

    ReplyDelete

Post a Comment

Popular posts from this blog

घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा

भूतले सारेको बासस्थानः कोरोना भूत