फोहोरमैला व्यवथापनको एउटा बिम्ब ‘निलो ड्रम’ विज्ञान कथा
कन्चन मणी दीक्षीत आजभोलि एकाविहानै हिड्ने मानिसको सङ्ख्यामा वृद्घि हुन थालेको छ । हुन पनि किन नहोस् डाक्टरले विहान हिड्नै सल्लाह दिन्छन् । मधुमेह र उच्च रक्तचापका लागी विहान हिड्दा फाईदा हुन्छ भन्छन् डाक्टरहरु । एकाविहान कहाँ र कता हिड्न जाने ? दिउँसो वायू प्रदुषण, मानिस र गाडीको भिडले हिड्न गाह्रो हुन्छ भने विहान जताततै सडकमा र्कापेट सरह छरीएको फोहरको डुङ्गुर र कुचीकारले कुचा चलाउँदा निस्केको धुलोले । कहाँबाट आयो विहान विहानै यति धेरै फोहर ? काठमाडौ उपत्यकाको जनसङ्ख्यामात्रै चालीस लाख मानिसले प्रयोग गरी फालेका सामान, खाद्यान्न आदि प्रतिदिन कति धेरै हुन्छ हो...