तथ्याङ्क विश्लेषण विनाको विकास कति महंगो ? विज्ञान कथा

                                                                                                                     कन्चन मणी दीक्षीत
हालसालै काठमाडौंमा एक अर्तरक्रिया कार्यक्रममा नेपालमा धेरै बर्ष बिताएका वातावरण इतिहासकार थोमस रोर्वटसनको ब्याख्यान सुन्ने मौका मिल्यो । थोमसले सन् १९५० दशकका इतिहास केलाएर नेपालको तराईमा फैलिएको औलोको महामारीबारे अनुसन्धान गर्नुभएको थियो । लामखुट्टेलाई नेपालको विकासका प्रमुख सुत्रधार मानेका फुलब्राईटका पूर्व कार्यकारी निर्देशक थोमसले तराईको औलोमा गरिएको अध्ययनका आफ्ना सिकाई बाँड्नुभएको थियो । उहाँको अत्यन्त रोचक प्रस्तुतीको क्रममा धेरै नै नयाँ कुरा जान्न पाईयो । जस मध्ये पृथ्वीनारायण शाहको मृत्युको कारण औलोको ज्वरो हो भन्ने पनि थियो । वातावरण इतिहासकार भएर यस्तो सूष्म रुपमा अध्ययन गरेका व्यक्तिसँग बार्तालाप गरी अरू नयाँ कुरा सिक्ने इच्छा थियो तर समयको अभावले त्यस दिन यो पुरा हुन सकेन, तर मौका मिलेमा इच्छा अझै छ ।
नेपालका राष्ट्र निर्माताका बारेका यो कुरा हामी सबैलाई थाहा नभएको हुनसक्छ । हामीले पढेको इतिहासमा पृथ्वीनारायण शाहको मृत्युको कारणका बारेमा स्पष्ट कुरा गरिएको भेटिदैन । तादी र त्रिशूली नदीको दोभान देवीघाटमा बिरामी अवस्थामा राखिएका शाहले दिब्य उपदेश दिदै गर्दा प्राण गएकोे भन्ने पढेका थियौं । विभिन्न इतिहासकारले फरक फरक धारणा पनि दिएका छन् उहाँको मृत्युका कारणबारे । तर थोमसको बिष्लेशण सान्र्दभिक देखिन्छ । नेपालको इतिहास एक पछि अर्को केलाउँदै गरेका थोमसका कुरा रमाइला थिए तर उहाँका कुरा सुन्नु बाहेक हामीसँग तार्किक प्रश्न गर्ने क्षमता भने थिएन् । किनकी हामीसँग तर्क गर्न त्यस बिषयमा ज्ञान थिएन् । नेपालमा यति धेरै विश्वविद्यालय छन् जहाँ वातावरण बिज्ञानको पढाई हुन्छ तर बर्षौदेखि वातावरण शिक्षा पढाँउदै आएका यी विश्वबिद्यालयका पाठ्यक्रममा वातावरण इतिहास राखिएका छैनन् । हुनसक्छ बिश्वबिद्यालयमा छलफल पनि हँुदै होला यस बिषयलाई पाठ्यक्रममा राख्ने सम्बन्धमा ।
अजिवको बिडम्वना छ । आफ्नो देशको इतिहास जान्न र पढ्न हामीसँग सामग्री र स्रोत छैनन् । नेपालको बारेमा लेखिएको कुरा जान्न र पढ्न् बेलायत र अरु देशबाट निकालिएका किताव र अरु स्रोतको अध्ययन भर पर्नुपर्छ । यी अध्ययनका स्रोत पनि हामीकहाँ सजिलैसँग उपलब्ध छैनन् । पहिल पहिल लडाँईमा जितेपछि शासकहरुले जितेको ठाँउका पुराना अभिलेख नष्ट गर्थे र आफ्नो अस्तित्व कायम गर्थे भन्ने सुनेको थिए । यही संस्कारले गर्दा पुराना अभिलेख मासिदै गएको हुनसक्छ । पत्रकार रघु मैनाली भन्ने गर्नुहुन्छ “हामी त मरेपछि व्यक्तिको चिना पनि चितामा नै जलाउने समाजका मानिस हौं, अभिलेख राख्ने संस्कार नै छैन् हामीमा” ।
ब्याख्यानका क्रममा थोमसले प्राकृतिक वातावरण र मानिसद्वारा सृजना गरिएको कृतिम वातावरणको कुरा गर्नुभएको थियो । उहाँको अध्ययन अनुसार राप्ती उपत्यका, जहाँ ठूलो मात्रामा वनजङ्गल र नेपालको पहिचान देखाउँने जङ्गली जनावर जस्तै बाघ, गैंडा आदिको बासस्थान छ, सो ठाँउमा पहिले मानव बस्ती थियो । सन् १८१४ साल ताकाका शासकले औलो सकृय पार्ने लामखुट्टेको बासस्थान तयार गर्न राप्ती उपत्यकाका बस्ती उठाई खेतलाई जङ्गलमा परिणत गर्ने वातावरण बनाएका थिए । त्यसैले औलो लाग्ने डरले ब्रिटिस सेनाहरु यो जङ्गल पार गरेर नेपाल खाल्डोतिर आउने सहास गरेनन् । मध्यवर्ती क्षेत्रका रुपमा खडा गरिएका यी तराईका जङ्गलले नेपाल खाल्डोलाई सुरक्षा दिएको थियो । यस्ता कुराहरुका प्रमाण थिए थोमससगँ ।
अजिवको बिडम्वना छ । आफ्नो देशको इतिहास जान्न र पढ्न हामीसँग सामग्री र स्रोत छैनन् । नेपालको बारेमा लेखिएको कुरा जान्न र पढ्न् बेलायत र अरु देशबाट निकालिएका किताव र अरु स्रोतको अध्ययन भर पर्नुपर्छ । यी अध्ययनका स्रोत पनि हामीकहाँ सजिलैसँग उपलब्ध छैनन् । पहिल पहिल लडाँईमा जितेपछि शासकहरुले जितेको ठाँउका पुराना अभिलेख नष्ट गर्थे र आफ्नो अस्तित्व कायम गर्थे भन्ने सुनेको थिए । यही संस्कारले गर्दा पुराना अभिलेख मासिदै गएको हुनसक्छ । पत्रकार रघु मैनाली भन्ने गर्नुहुन्छ “हामी त मरेपछि व्यक्तिको चिना पनि चितामा नै जलाउने समाजका मानिस हांै, अभिलेख राख्ने संस्कार नै छैन् हामीमा” ।
अन्य आकर्षणहरु
हुन पनि हो, नेपालका विगतका विकास प्रयासहरू एक पटक नियालौं, कतैपनि विकासका काममा बर्षौको सिकाई प्रयोग गरिएको देखिदैन् । सन् २०१८ को जुलाईमा सप्तरीको महुली खोलामा आएको बाढिले पुललाई नराम्रो क्षती पु¥यायो जस्ले गर्दा पूर्व पश्चिम राजमार्गको सञ्चालनमा अवरोध आएको थियो । यसो हुनुको कारण नदीको वहाव र पानीको मात्राको पर्याप्त तथ्याङ्क हामीसंग थियो भने पुलको डिजाइन नै त्यसलाई धान्ने गरी बनाउन सकिन्थ्यो । तथ्याङ्क नहुँदा खर्च गरेर पुल बन्यो, भत्कियो, जनधनको क्षति भयो । यो त एक मात्र उदाहरण हो, यस्ता धेरैनै उदाहरण छन् नेपालमा विकासले निम्त्याएको विनास । बर्षेनी नेपालमा यस्ता बिपद्का घटनाहरु हुने गर्छन तर हामीसँग सही ढंगबाट तथ्याङ्क राख्ने बानी छैन् । भएका तथ्याङ्कलाई पनि कसरी विश्लेषण गरी प्रयोग गर्ने बिशेषज्ञता छैन् । समाजका विभिन्न सरोकारवालाबीच समन्वय छैन् । जम्मा गरिएका तथ्याङ्कका अभिलेख कुनै कामको छैन र विकासका काममा प्रयोग भएका छैनन् वा हुदैनन् पनि । फलस्वरूप नेपालले बर्षेनी करोडौ रुपैया खर्च गर्नु परेको छ ।
केही बर्ष अघि नेपालमा भविष्यमा हुनसक्ने जलवायु परिवर्तनको परिदृष्य निकाल्न असक्षम आइपिसिसि (जलवायू परिवर्तन सम्बन्धी अनुसन्धान गर्ने बैज्ञानीकहरुको समुह) ले नेपाललाई एक सेतो क्षेत्र (white spot) घोषित गरको थियो । परिदृष्य निकाल्न नेपालमा गरिएका अध्ययन र सङ्कलन गरिएका तथ्याङ्क पर्याप्त थिए्न् । यो थियो विसौं सताब्दिको कुरा, पहिलाको स्थिति त झन् नराम्रो थियो । नेपालमा सरकारले सन् १९५९ मा केन्द्रीय तथ्याङ्क विभागको स्थापनागरी तथ्याङ्कको महत्व महशुस गरेता पनि नेपालमा तथ्याङ्क राख्ने संस्कृति भने स्थापना गर्न सकेन । नेपालमा कम्प्यूटर प्रविधि आएदेखि मात्र अभिलेख राख्न सजिलो भएको थियो । कागजका अभिलेख राख्दा च्याँतिने र किराले खाने डर थियो भने अहिले कम्प्यूटर र सर्भरमा फाइल राख्दा सुरक्षति रहन थालेको छ । यसले अभिलेख राख्न मद्दत गरेता पनि माथि भने झैं सरोकारवालले आफूले मात्र तथ्याङ्क जम्मा गरेका छन् र उनीहरु बीचको समन्वयको खाँचो छ ।
अहिलेको युग भनेको अभिलेख र तथ्याङ्कको युग हो । जोसँग राम्रो तथ्याङ्क छ उसले सही मात्रामा विकास गर्न सक्छ र हाम्रो जस्तो देश जहाँ बर्षेनी बाढी, पहिरो जस्ता विपद आँउने गर्छ, यीसँग जुध्न र नयाँ प्रविधिको विकास गर्न तथ्याङ्कको झन् महत्व हुन्छ । विभिन्न सरोकारवालहरू जस्तै निजी क्षेत्र, सरकारी र गैरसरकारी क्षेत्र बीच समन्वय हुन जरूरी छ र यस्का लागि नेपाल सरकारले केही बर्ष अगाडि बनाएको नीति अनुसन्धान प्रतिष्ठानले गर्नसक्छ । यसो भएमा जसरी हामीलाई राप्ती उपत्यकाको जङ्गल मानव निर्मित हो भन्दा अचम्म लागेको थियो हाम्रा सन्ततीलाई भूतकालको बारेमा यस्तो कुरा गर्दा अचम्म लाग्ने छैन् र यस्ता सञ्चित तथ्याङ्कले भविश्यको परिदृष्य आकलन गर्दै विकास गर्न पनि मद्दत पुग्ने छ ।
अहिलेको युग भनेको अभिलेख र तथ्याङ्कको युग हो । जोसँग राम्रो तथ्याङ्क छ उसले सही मात्रामा विकास गर्न सक्छ र हाम्रो जस्तो देश जहाँ बर्षेनी बाढी, पहिरो जस्ता विपद आँउने गर्छ, यीसँग जुध्न र नयाँ प्रविधिको विकास गर्न तथ्याङ्कको झन् महत्व हुन्छ । विभिन्न सरोकारवालहरू जस्तै निजी क्षेत्र, सरकारी र गैरसरकारी क्षेत्र बीच समन्वय हुन जरूरी छ र यस्का लागि नेपाल सरकारले केही बर्ष अगाडि बनाएको नीति अनुसन्धान प्रतिष्ठानले गर्नसक्छ । यसो भएमा जसरी हामीलाई राप्ती उपत्यकाको जङ्गल मानव निर्मित हो भन्दा अचम्म लागेको थियो हाम्रा सन्ततीलाई भूतकालको बारेमा यस्तो कुरा गर्दा अचम्म लाग्ने छैन् र यस्ता सञ्चित तथ्याङ्कले भविश्यको परिदृष्य आकलन गर्दै विकास गर्न पनि मद्दत पुग्ने छ ।

परिस‌वाद मा प्रकासित
https://parisambad.com/2020/01/13/%e0%a4%a4%e0%a4%a5%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%99%e0%a5%8d%e0%a4%95-%e0%a4%b5%e0%a4%bf%e0%a4%b6%e0%a5%8d%e0%a4%b2%e0%a5%87%e0%a4%b7%e0%a4%a3-%e0%a4%b5%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%95%e0%a5%8b/

Comments

Popular posts from this blog

पुरानै कथा, नेपालीको ब्यथा

बिगुल बज्ने हाम्रो धरहरा ! (Article on Dharahara)

Craving clean air-Published in Kathmandu Post