Posts

Living with a flood: Plight of squatter settlements

Image
South Asian Climate Outlook Forum (SASCOF-19) & Climate Services Users Forum forecasted a normal to above-normal rainfall in the 2021 monsoon season in many parts of South Asia. Living with a flood: Plight of squatter settlements Above-normal rainfall is most likely over areas along the foothills of the Himalayas in Nepal. The pre-monsoon rainfall was a boon to people in Nepal as it washed away the deadly air pollution from the forest fire that blanketed significant areas of Nepal, including the Kathmandu Valley. In March and April 2021, the air pollution level in Kathmandu recorded the highest, making it “ the ” most polluted city in the world. Above-average rainfall in Nepal is good news to farmers who depend on rain for crop production. Still, for many people, it is their vulnerability to landslides and flooding that worries them. Floods and inundation are significant climatic hazards, the impacts of which are more pronounced on the poor and marginalized urban communities living...
Image
कोरोना र वायु प्रदूषणको अन्तर्सम्बन्ध कञ्चनमणि दीक्षित ३१ बैशाख २०७८, शुक्रबार   पढ्न लाग्ने समय:   4   मिनेट नेपालमा यही वैशाख ३० गतेसम्ममा ४ लाख ३१ हजार १९१ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये ४ हजार ४६६ जनाको ज्यान गएको छ । सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ छ । काठमाडौँ उपत्यका सुनसान छ । निषेधाज्ञाका कारणले सडकमा अति सीमित मात्र सवारीसाधन चलेका छन् । अति आवश्यक वस्तुको ढुवानीका, स्वास्थ्य क्षेत्रमा काम गर्ने व्यक्तिका, शान्ति सुरक्षा कायम गर्ने सुरक्षाकर्मीका, सञ्चारकर्मीका सवारीसाधन तथा एम्बुलेन्स र शववाहन चलेका छन् । बिरामीका आफन्तहरूलाई हैरान छ । अस्पतालको प्रशासनबाट नोटिस आउँछ– अस्पतालले अक्सिजन पुर्‍याउन नसकेको कारणले आफैँ व्यवस्था गर्नु, अस्पतालले थप भर्ना लिँदैन, इत्यादि । बिरामीका आफन्त अक्सिजन खोज्न कहाँ जाने ! यो कस्तो आपत आइलागेको ! भनसुन गर्दा बेड पाइन्थ्यो । अब त्यस्तो अवस्था पनि रहेन । कोरोना संक्रमणको पहिलो लहरमा यस्तो संकट भएको थिएन । यसपालि मलाई समस्या पर्दा कि यस्तो किन भयो ? यो प्रश्न आजभोलि हरेक भुक्तभोगीको मनमा छ । कत...

वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ता

Image
  गत चैत २५ गते मध्याह्न १२ बजे जुगल नगरपालिकाको वाड नम्बर २, गोल्चे क्षेत्र तुवालोले ढाकेको थियो । गोल्चे सिन्धुपाल्चोकको दुर्गम ठाउँ हो । यस वडाको सीमाना चीनसँग जोडिएको छ । बाटो खन्न डोजरको बढ्दो प्रयोगले उड्ने धुलो र घरायसी इन्धनमा दाउरा बाल्दा घरभित्र हुने धुँवाबाहेक वातावरणमा हुने प्रदूषणबारे गाउँलेहरू अनभिज्ञ थिए । यस भेगका बासिन्दाहरूले आफ्नो जीवनमा कहिल्यै नदेखेको तुँवालो एक हस्तादेखि देखिराखेका थिए । तर उनीहरूलाई के कारणले यस्तो भइराखेको छ भन्ने कुनै हेक्का थिएन । यस्तो स्थिति अहिले गोल्चेमा मात्र नभई देशभरिका धेरै ठाउँमा छ । जनघनत्व बढी भएका शहरहरू काठमाडौँ, धनगढी, भरतपुर, नेपालगञ्ज, वीरगञ्ज लगायतमा प्रदूषणको गम्भीर समस्या छ । यी शहर विश्व स्वास्थ्य सङ्गठनले तय गरेको मापदण्डभन्दा ठूलो मात्रामा प्रदूषित छन् । गत हप्तामा ‘आईक्यू एअर’ को ‘वायु प्रदूषण इन्डेक्स’ मा काठमाडौँ कहिले एक नम्बरमा त कहिले दोस्रो नम्बर रह्यो र संसारकै अत्याधिक प्रदूषित शहर हुन पुग्यो । अहिले पनि अवस्था सुधार भएको छैन । प्रदूषणले शुरूमा साना नानीहरूका आँखा पोल्ने, आँखा चिलाउने, रुघाखोकी लाग्ने र घाँटी...

कोरोना, प्रदुषण र आशा (सन्दर्भ : वातावरण दिवस)

Image
कञ्चनमणि दीक्षित   एकातिर कोभिड १९ ले विश्वभर भयाङ्कर समस्या ल्याएको छ भने अर्कोतिर हामी सबैलाई परिवार र प्रकुतिसँग घरमा बसेर रमाउने मौका मिलेको छ । सफा हावामा सास फेर्न पाएका छौ । होहल्ला कम भई वातावरणमा ध्वनी प्रदुषणको मात्रामा सुधार भई हामीहरुको मन स्थिर हुन थालेको छ । भोलि लकडाउन खुलेमा फेरै पुरानै शैलीमा मानिसको आचरण फर्कने आधार देखिसकेको छु मैले र सोच्दा पनि मन कहाली लाग्दो गरी थरथर काम्न थाल्छ । हाम्रो नियन्त्रण बाहिरको कुरा, हामी के नै गर्न सक्छौ र ! स्वच्छ वातावरणमा विहान पाँच बजे नै ध्यान गर्न रमाउँन थालेको छु । हिजो मात्रको कुरा हो । ध्यानमा बस्ने बेलामा झ्याल बाहिर दुई जुरेलीहरू मिठो आवाजमा वार्तालाप गरिराखेको थिए । सधैंकोभन्दा केही फरक लागेर यसो झ्यालबाट बाहिर हेर्न मन लाग्यो । भर्खरै उड्न सिकेको सानो जुरेली आफूभन्दा ठूलो जुरेलीसँग (सायद उनकी आमा) सँग वार्तालाप गरीराखेको रहेछ । दुबै ठूलो स्वरमा कुरा गर्दैै थिए । ध्यानमा बसें तर उनीहरुको त्यस मिठो वार्तालापबाट मन हट्न सकेन । बुझ्न प्रयास गरें तर के सक्नु चराको भाषा बुझ्न । एकाएक छर्लङ्ग भयो । लाग्यो मैले...

भूतले सारेको बासस्थानः कोरोना भूत

Image
                                                                                                                                            कञ्चनमणी दीक्षित एक युरोपेली संस्थाले नेपालको एक दुर्गम गाउँमा राखेको सौर्य उर्जाद्वारा सञ्चालित बत्तिले त्यस गाँउका मानिसहरुको जीवनमा ल्याएको परिवर्तनबारे छलफल कार्यक्रममा भाग लिने मौका पाएको थिएँ । बत्ती रातमा बालिने हुँदा त्यहाँका मानिसहरुको रात्री जनजीवन सहज हुंदै गएको कुरालाई औल्याउँदै चोर, जङ्गली जनावर र भूत प्रेतबाट सुरक्षा मिलेको कुरामा छलफल हुदै थियो । विशेषगरी राती दिसा पिसाब गर्न बाहिर जाँदा भूतसँग स्थानियलाई डर लाग्न छाडेको कुरा रोचक लाग्दो बिषय थियो त्यो कार्यक्रमको । भूतको प्रसङ्ग आय...

विकास र वातावरण दुवैको सन्तुलन खोज्ने कस्ले र कहिले ? विकास वहस

                                                                                                        कन्चन मणी दीक्षीत हामी आफै सँग प्रश्न गरौं, हामी केका लागि लड्दै छौं ? हाम्रो एजेण्डा के हो ? कस्को हकहितको पक्षमा लड्दै छौं ? के हामीले बोलेका कुरा हाम्रो जीवनमा लागु गरेका छौं त ? म काठमाडौ शहरको बीचमा बस्छु । घरैघरको बीचमा खुल्ला ठाँउ देख्न मुस्किल भैसकेकोछ । रुखलाई अत्यन्त माया गर्छु र आफ्नो घरमा केही रुख लागाएर हरियाली बनाँएको छु । घर वरपरका जमिनमा सिमेन्टको संरचाना बनाएर भाडामा दिनुको सट्टा सानो करेसावारी बनाएर खुल्ला छाडेको छु ताकि बर्षाको पानीले भूमिगत पानीे भण्डारको पुनर्भरणमा मद्दत पुगोस् । बर्षाको पानी जमिन मुनि जान्छ र पुनर्भरण गर्छ भनेर मनमा सन्तुष्टि आँउछ । वर्षाको पानी संकलन गरी दैनिक प्रयोजनका लागि प्रयोग ...

विपद्, वर्क फ्रम होम र पूर्वाधार- विषदको शिक्षा

आजबाट २८ दिन पुगेछ नेपाल सरकारले लकडाउन गर्ने निर्णय गरेको । लकडाउन सुरु गरेको दिनको विहान बैङ्गलोरका एक साथीले वर्क फ्रम होमको पेजमा सहमति जनाउन भनेर अनुरोध गरेका थिए । कोभिड–१९ को समयमा सक्रमण हुनबाट जोगिने उपाय भनेर धेरै संस्थाले यसलाई उपनाउन थालेका थिए । यसो गर्दा प्रत्यक्ष रुपमा एक अर्काको नजिक आएर काम गर्नु पर्दैन र रोग सर्ने सम्भावना कम हुन्छ । कार्यालयमा कर्मचारीको स्वास्थलाई मध्यनजर गर्दै घरबाट काम गरौं भनेर निर्णय गरेर कार्यालयबाट आएका थियौं। त्यही दिनको बेलुका नै सरकारले लकडाउन गर्ने निर्णय ग¥यो । लकडाउनमा हामी वर्क फ्रम होम भनेर तर बस्यौं । तर हामीलाई घरबाट काम गर्न अहिलेका पूर्वाधारले सघाउँछ त भन्ने प्रश्नहरु प्रशस्त थिए हामीसँग । यी समस्या हेर्दा हामी विपदका लागि पक्का पनि तयार रहेन रहेछौं । विगतमा बाढी र पैह्रो आए, धेरै पाठ दिए तर केही सिकेनौं । ठूलो भुकम्प आएर सामाजमा हलचल ल्यायो । विपद व्यवस्थापनका केही नयाँ सोच र सिकाई आउँछ कि भन्ठानेको त त्यसलाई पनि हामीले केही महिनामा बिर्सिसक्यौं । अहिले कोभिड माहामारीको त्रास छ सबैमा र कतिपयले त यसलाई जितेर अगाडी पनि बढिसकेक...