पुरानै कथा, नेपालीको ब्यथा

                                                                                                                                                कञ्चन मणि दिक्षीत


२०७२ सालको भूकम्प लगतै मैले सेतो पाटीमा धरहरा बनाउँनुको कुनै अर्थ नहुनु बरु यस ठाउँमा भुकम्प पश्चात धरहराको अवशेषको संग्रालय सहित राम्रो बगैचा बनाउनु पर्ने लेख लेखेको थिए । धेरैलाई यो कुरा पचेन र कसैले त पागल पनि नभनेका हैनन् । संरचना त उठ्यो तर सेतो टावरको रुपमा । भुकम्प ताका “वी वील राईज अगेन्” भन्ने युवा अब छैनन “लाईट हाउस् हैन हामीलाई धरहरा चाईन्छ” भन्ने युवा पनि छैनन् । सायद यी पनि पलायन भै सकेका हुन वा त्रिभुवन अन्र्तराष्टिय बिमानस्थलमा पंतिमा छन् होला बिदेशिन । हुन पनि हो अहिले देशमा युवा नै कता छन् ? हुने खाने वा केहि पढेका युरोप, अमेरिका, अस्ट्रि«ेलिया र क्यानेडा र अलि आर्थिक कमजोर भएका साउदि, र त्यो भन्दा कम भारतमा । देशको माया गर्ने मानिसको झुण्ड कम भएपछि के नै हुन्छ देशमा, अनि अर्कातिर बाहिर लग्न प्रेरित गर्ने अर्को झुण्ड यो देशमा भबिष्य छैन बहिर नै जानु पर्छ भनेर हल्ला गर्न लागेका छन् । एकातिर संगीयतामा गएपछि मुलुक सिंगापुरहुने सपना साकारेका नेताहरु अहिले संगीयता निल्नु न ओकल्नु भएको छ । देशको आफ्नो आम्दानीले घान्न नसकेर कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्थामा छ । यस बर्ष देशको बिभिन्न भागको भ्रमणको क्रममा मदेश प्रदेश, कर्णाली, कोशी प्रदेशका समुदायसँग कुरागर्ने मौका मिलेको थियो । स्थिति गम्भीर छ । राष्ट्रको बिभिन्न अङ्ग, केन्द्र, प्रदेश र स्थिानिय स्तरको, अर्कासँग सम्वन्ध छैन । आफ्नो ढंग र पहुचवालासँगको सम्बन्धले चलेको छ । स्थानिय तहदेखि केन्द्र सम्म भ्रष्टाचारले भरिपुर्ण छ, मानिसमा निरासपन र डिप्रशन देखिएको छ । नहुदो हो त हिजो अमेरिकी सरकारले नेपाल फर्काएको मानिसहरुले १ करोड सम्म बुझाएर चोर बाटो बाट अमेरिका पुगेको देखिएको छ । नया राज्य सत्ताका कारणले बस्न असहज भएका अरु नेपाली पनि फर्कने र फर्काईने पनि निश्चित छ ।  

देशमा के भएको छ त्यसको छलफल गरौं । ब्यापार थप्प छ, कल कार्खाना चलेको छैन् र धेरौ जसो बन्द भैसकेका छन् । नागरिक निरास छन् । सत्ता चलाउनेहरुको नयाँ बिचार र लक्ष्य छैन् । यसरी अमेरिकी सरकारले यु.यस.एड मार्फत आएको रकम रोक्का गर्दा सम्म नेपाल सरकार र संसदमा यसको बिबेचना भएको छैन, अगाडिको बाटो के भनेर । नेपाली नागरिकले बाहिर पसिना काटेर कमाएको विपे्रशणले देशको अर्थ तन्त्र धानेको छ र यहि रटाई देशका नेताको मुल मन्त्र रहेको छ । यदि अमेरिका जस्तै खाडी मुलुमा गएका नेपाली देश फर्कने हो भने के गर्ने ? यतातिर कसैले सोचेका छैनन् । के अझपनि यहि अवस्था रहने हो ? हामी त बहिर पढेर नेपालमा केहि गर्ने इच्छाले फर्केका थियौ, अबको पुस्ताले देश छोडेर जान्छु नर्फकने गरेर भनेमा हामीले कुन आधारले नजाउ भन्ने, के गर र बाहिर जान पर्दैन भन्ने । हामीले यस प्रश्नको उत्तर खोज्नु पर्ने हुन्छ । को सँग खोज्ने यहिनै प्रश्न सदा रहने छ । 

दिक्षीत विपद, वतावरण र सम—सामायीक बिषयमा अध्ययन गर्छन् । 



Comments

Popular posts from this blog

बिगुल बज्ने हाम्रो धरहरा ! (Article on Dharahara)

वायु प्रदूषण नियन्त्रणमा सरकारी बेवास्ता