This is the compilation of my articles published in media
घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा
Get link
Facebook
X
Pinterest
Email
Other Apps
-
कन्चन मणी दीक्षीत
आमा विमला दिदी हिजोआज विद्यालाय किन नगएकी ? दिदीलाई के भएको छ ? ओछ्यानमा सुतिराखेकी दिदीलाई देखाउँदै पाँच वर्षको केशव खाना पकाइराखेकी आमालाई प्रश्न गर्छन् । खाना पकाउँदै गरेकी आमा कुरा नसुनेको जस्तो गरी खाना पकाउन ब्यस्त रहन्छिन् । फेरि आमालाई कोट्याउँदै केशव आफ्नो प्रश्न दोहर्याउँछ ।
निम्नमध्यम वर्गको परिवारमा विवाह गरेर काठमाडौं आएकी पार्वती, श्रीमानको मृत्युपछि खचाखच घर भएको भोटाहिटीमा एउटा कोठा भाडामा लिएर बस्दै आएकी छिन् । १२ वर्षकी छोरी विमला नजिकैको दरवार हाइ स्कुलमा ७ कक्षामा पढ्दै छिन् । पढाइमा उनको निकै नै रुची छ र जहिले पनि अब्बल नम्वर ल्याउँछिन् । यसले गर्दा उनी शिक्षककि प्रिय विद्यार्थी रहेकी छिन् । आर्थिक अभावका कारण छोरालाई विद्यालय हाल्न नसकेकी पार्वतीलाई अरुको घर धन्दा गरेको पैसाले घर चलाउन मुस्किल परेको छ ।
केशवको प्रश्नको उत्तर दिँदै उनी भन्छिन, दिदीलाई हिजोआज सच्चो भएन त्यसैले विद्यालय नगएर सुतिराखेकी छिन् । के भएको छ ?, केशव सोध्छन् । पार्वती— खोकीलागेको छ । खोकी के ले लाग्छ ? केशव प्रश्न गर्दै जान्छ । खै डाक्टरहरू धुवाँ र धुलोले भएको भन्छन् । धुवाँ र धुलो के ले गर्दा हुन्छ ? अब खाना पकाउने बेलामा कति कराइराखेको, पछि भनौँला भनेर पार्वती खाना पकाउन थाल्छिन् । केशवको मनमा रहेको प्रश्न मनमै रहन्छ अनि ऊ खेल्नतिर लाग्छ ।
हामीले पनि आफ्नो बाल्यकालमा यस्तो स्थितिको सामना धेरै पटक गरेको छौं होला । मनमा पटक पटक प्रश्न उठेका थिए होलान् । यो स्वभाविक हो । साना साना बालकको मन सधैँ सिक्ने प्रयासमा लागिराखेको हुन्छ । यस्ता धेरै प्रश्नको उत्तर नै नपाई त्यत्तिकै हराएर जान्छन् । धेरै प्रश्नको उत्तर तिमी ठूलो भएपछि थाहा पाउने छौं भन्ने आउँछ । हाम्रो समाजमा साना साना बालबालिकाले प्रश्न सोध्न थालेमा कति कराएको चूप लागेर बस्न सक्दैनौ भन्ने गरिन्छ, जबकि प्रश्नबाट नै जिज्ञासा सुरु हुन्छ र ज्ञानको बाटो खुल्छ । विकसित देशमा बालकका यस्ता प्रश्नलाई झर्को नमानिकन उत्तर दिने प्रयास गरिन्छ, जसले गर्दा उनीहरूको प्रश्न सोध्ने बानि बस्छ र पछि प्रगति गर्दै जान्छन् । प्रश्नको उत्तर नपाउनु नै हाम्रो समाज र बालबालिकाको प्रगतिबीचको ठूलो अन्तर रहेको छ ।
फेरि प्रसंगतिर लागौं । खेल्दाखेल्दै केशव आमाले खोकेको सुन्छ । आमालाई प्रश्न सोध्न मन लाग्छ तर खाना पकाउन ब्यस्त आमाको काममा बाधा पुर्याउन चाहदैन केशव । साँझको करिब सवा पाँच बजेतिर कसैले ढोका घचघच्याएको आवाज आउछ । को हँ ? भन्दै पार्वती ढोका खोल्छिन् । ओ हो ! विमलाको शिक्षिका पो हुनुहुँदो रहेछ, भित्र पाल्नुुस न । शिक्षिका भित्र कोठामा छिर्दा उनलाई सास फेर्न गाह्रो हुन्छ । कोठामा ढुसी गह्नाएको छ, लाग्छ यस कोठाले कहिल्यै घाम देखेको छैन । शिक्षिका यसो आँखा घुमाउँछिन् । एउटा कुनामा खाना पकाउने ग्याँस र चूलो छ । भित्ता र दलिन खाना पकाएको तेलको खारले कालो भएको छ । अर्को कुनामा लुगाको थुप्रो छ । भूइँमा ओछ््यान लगाएर सुतेकी विमलाले ओढेकी सिरकमा प्वाल नै प्वाल छ, जसबाट कपास बाहिर निस्केको छ । ढोकाको छेउमा राखेको मुसा समात्ने खोरभित्रको रोटीको टुक्रामा ढुसी आइसकेको छ, सायद मुसा समात्ने प्रयास अझै जारी छ । कोठाका कुनामा माकुराको जालो जताततै प्रश्टै देखिन्छ ।
घरभित्रको अर्को ठूलो प्रदूषणको स्रोत भनेको जाडोयाममा झ्याल ढोका लगाएर हिटर वा मकल बाल्नु हो । यस्तो गर्दा समय समयमा झ्याल ढोका खोल्नु उपयुक्त हुन्छ । राती झ्याल ढोका लगाएर हिटर बालेर सुत्दा ठूलो दुर्घटना भएको र ज्यान पनि गएको कुरा हामीले सुनेका पनि छौं । ग्याँसले हाम्रो आँखा पिरो हुने र त्यसबाट निस्कने कार्बन डाईअक्साइड भन्ने बिषालु ग्याँस सास फेर्दा हाम्रो फोक्सोमा जान्छ र हामी बिरामी पर्छौँ । तपाईँहरूले यो गल्ती कहिल्यै नगर्नु होला ।
अगाडिको राखेको पुरानो बाँसको मुढामा बस्न आग्रह गर्दै पार्वतीले भनिन्, के कति कारणले पाल्नु भयो ? केही दिनदेखि विद्यालयमा विमलालाई नदेखेर किन आइनन् भनेर बुझ्न आएकी हुँ, शिक्षिकाले उत्तर दिइन् । ए, विमलालाई सच्चो भएन । हिजो बेलुकीमात्र डाक्टर कहाँ लगेर आएकी । के भन्यो त डाक्टरले ? प्रदूषणले एलर्जी भएर खोकी लागेको छ रे । डरलाग्दो खोकेकी छे यसले । औषधी दिँदा पनि ठिक नभएर डाक्टर कहाँ देखाउन लगेकी ।
शिक्षिका मनमनै सोच्न थाल्छिन्, यस्तो कोठामा बस्ने मानिस बिरामी नभए को हुन्छ त ? हामी घरबाहिरको प्रदूषणको बारेमा कुरा गछौ तर घर भित्रको प्रदूषणको कुरा कहिल्यै गर्दैनौँ । त्यस कारणले मानिसहरूले घरभित्रको प्रदूषण र असुरक्षित बसाइका बारेमा कुरा सुनेका पनि हुँदैनन् । बरु यिनलाई यसका बारेमा सूचना दिन पाए उनीहरूको असुरक्षित बसाइमा परिवर्तन आउँने थियो कि ? यी कुरा सोच्दै उनी त्यहाँबाट आफ्नो घरतिर लाग्छिन् ।
शिक्षिकाले बिहान विद्यालय पुग्नेबित्तिकै प्रधान अध्यापकलाई भेटेर आफूले विमलाको घरमा देखेको कुरा बताइन् । दुवै जनाले यस्तो स्थितिमा सुधार ल्याउनुपर्छ भन्ने संकल्प गरी वातावरणविद् पुष्कर सरलाई विद्यालयमा बोलाएर घरभित्रको प्रदूषणका बारेमा छलफल गर्ने योजना बनाए । आगामी शनिबार ११ बजे बिहानको कार्यक्रम बनाएर सबै विद्यार्थी, अभिभावक, टोलका महिला, युवा र युवतीलाई सहभागी हुन आमन्त्रण गरियो ।
घरधन्दा गरी केहीबेर ढिलो गरेर पार्वती र उनका छोरा विद्यालय पुग्दा कार्यक्रम सुरु भइसकेको थियो । विद्यालयको प्राङ्गणमा कुर्सिहरू मिलाएर राखिएका थिए । प्रधान अध्यापक, केही शिक्षक र आमन्त्रित वातावरणविज्ञ अगाडि बसेका थिए । वरिपरि विद्यार्थी, अभिभावक, टोलका महिला, पुरुष, युवा र युवती बसेका थिए । बोल्नेपालो पुष्कर सरको थियो र भर्खर माइक समातेका मात्र थिए । मुख्य सुन्नु पर्ने कुरा छुटेको रहेनछ भनेर खुसीहुँदै पार्वती, विमला र विमलाको भाई कुर्सिमा बस्छन् ।
पुष्कर सरले प्रधान अध्यापक र सबै आगन्तुकको स्वागत गदै आफ्ना कुरा सुरु गर्छन् । आज मलाई यस विषयमा बोल्ने मौका दिनुभएकोमा म यस विद्यालयका प्रधान अध्यापकको हृदयदेखि आभारी छु र सबैलाई सप्रेम । धेरैजसो मानिसले मलाई वातावरणको र घरबाहिरको प्रदूषणको विषयमा छलफल गर्न बोलाउने गर्छन् तर आज घरभित्रको प्रदूषणको बारेमा छलफलका लागि बोलाइएको यो पहिलो पटक हो । तपाईँहरूलाई पनि लाग्ला बाह्य प्रदूषण र यसले स्वास्थ्यमा गर्ने हानिको कुरा गर्नु पर्ने बेलामा हामी घरभित्र हुने प्रदूषणको कुरा गर्दैछौं । के छ घरभित्र त्यस्तो, जसले हाम्रो स्वास्थ्यमा प्रतिकुल असर गर्ने ? कोही बताउन सक्नुहुन्छ ?
सर, हाम्रो गाँउतिर घरभित्र खाना पकाउन दाउरा बालेर धुवाँले प्रदूषण भएको त थाहा छ तर शहरमा हामी ग्याँस चूलो प्रयोग गछौं । यसले पनि प्रदूषण गर्छ र ? एक विद्यार्थी प्रश्न गर्छन् । अर्का विद्यार्थी थप्दै भन्छन्, गाउँमा मेरो वुवा बिरामी भएको बेलामा हामीले घरमा पालेका कुखुराबाट रोग सरेको र कुखुरालाई घरभित्र न ल्याउनु भनेर डक्टरले भन्नुभएको थियो तर शहरको घरमा त कुखुरा पनि पालिँदैन् घरमा, कसरी हुन्छ घरभित्र प्रदूषण ?
Dixit, Kanchan Mani, 2006: Fundamentals of Air Pollution: Its Local Relevance, EKTA Books, Kathmandu.
अन्य आकर्षणहरु
ठीक भन्यौ बाबु तिमीले, अब एकछिन हामी आफू बस्ने घर हाम्रो विचारमा ल्याउँ त, पुस्कर सर भन्छन् । सोचौँ के के छन् हाम्रो घरमा जसले प्रदूषण गर्छन् । कतिपय हामी काठमाडौंबाहिरका छौं । यहाँ हाम्रो घर नहुँदा भाडामा बसेका छांै । यस्तो खचाखच भएको शहरमा कतिपयले त राम्रो ठाउँमा घर भाडामा पाएका छौं तर धेरैजसो हामीले अनेक कारणले स्वस्थकर वातावरण भएको घरमा बस्न पाएका छैनौँ । सानो गल्लीबाट जानुपर्ने, घामको मुखै देख्न नपाउने घरहरूमा बस्न बाध्य छौं ।
हो सर, हाम्रो घरमा कहिल्यै घाम आउँदैन । चिसो ओसले गर्दा हाम्रो लुगा सधैँ ढुसी गह्नाउँछ । अर्कौ ठाँउमा जाउँ भन्छु आमा मान्नहुन्न । घाम आउने कोठामा बस्न पाएमा ढुसी गह्नाउने लुगा लगाउनु पर्ने थिएन र घामले रोग ल्याउन सक्ने सूक्ष्म कीराहरू पनि मार्ने थियो, विमलाले थपिन् । हगी मिस ? भन्दै आफ्नो घरमा आएकी शिक्षिकालाई आफ्नो घरको अवस्थाबारे केही बताइदिन आग्रह गर्छिन् । त्यसमा थग्दै पुष्कर सरले पनि उनलाई विमलाको घरभित्र देखेको प्रदूषणका बारेमा छोटो विश्लेषण गर्न आग्रह गर्छन् ।
आदरीण प्रधान अध्यापकज्यू, शिक्षक, विद्यार्थी, अभिवाभक र पाहुना । यहाँहरू सबैलाई मेरो सादर नमस्कार । विद्यालयको दायित्व भनेको विद्यार्थीको बौद्धिक ज्ञान बढाउनेमात्र नभएर शारीरिक र मानसिक विकास गर्नु पनि हो । त्यसै कारणले हामीले यस विद्यालयमा पढ्ने विद्यार्थी, उनका अभिभावक र यस टोलका महिला र पुरुषलाई घरभित्रको वातावरणका बारेमा जागरुक गर्ने प्रयास गरेको छौं । यो हाम्रो पहिलो प्रयास हो ।
म केही दिन अघि विमलाको घर पुगेकी थिएँ । उनले भनेको जस्तो घरभित्रका वातावरण निस्सासिँदो थियो । परिस्थितिले गर्दा साँगुरो कोठामा खाना पकाउने, सुत्ने, र पढ्ने गर्नु पर्दो रहेछ । जमिनको ओसले गर्दा कोठमा भएका सामानहरूमा ढुसी लागेको छ । कोठा नै गह्नाएको छ । खाना पकाएको ग्याँस र खार झ्याल नहुँदा बाहिर जान नसकी कोठाको भित्ता र दलिनमा नै टाँसिएर रहेको छ । मुसा र अरु किरा फट्याङ्गरा रोग बोकेर आउँदा हुन् । साच्चै भन्ने हो भने बस्न लायकै छैन । त्यसैले होला गत हप्ता डाक्टरले भनेझै विमला प्रदूषणको कारणले बिरामी भएकी थिइन् । प्रदूषणले भन्नेबित्तिकै हामी घरबाहिरको कारणले बिरामी भएको भन्ने ठान्छौँ तर घरभित्रको प्रदूषण झन घातक हुन्छ, जहाँ हामी दैनिकरूपमा बस्छौँ, सुत्छौँ र खान्छौँ ।
पुस्कर सर- धन्यवाद शिक्षिका ! अब म विस्तारमा केहि कुरा राख्छु, कृपया ध्यान दिएर सुन्नुहोला । केहीबेर अघि कसैले दाउरा बाल्ने कुरा गर्नुभएको थियो । प्रदूषण हुन घरमा भित्र दाउरा बाल्नु जरुरी छैन । घरमा धेरै वस्तु हुन्छन्, जसले हाम्रो स्वास्थ्यमा नकरात्मक असर गरिराखेको हुन्छ । ग्याँसमा खाना पकाइन्छ तर ग्याँस बालेको बेलामा धुँवा सजिलोसँग बाहिर जानसक्ने झ्याल ढोका खोलेको हुनुपर्दछ वा ग्याँसलाई बाहिर फाल्ने पंखा चलाएको हुनुपर्दछ । नत्र त्यसको धुँवा, ग्याँस वा खारले हाम्रो स्वास्थ्यमा खराबी गर्छ ।
Dixit, Kanchan Mani, 2006: Fundamentals of Air Pollution: Its Local Relevance, EKTA Books, Kathmandu.
घरभित्रको अर्को ठूलो प्रदूषणको स्रोत भनेको जाडोयाममा झ्याल ढोका लगाएर हिटर वा मकल बाल्नु हो । यस्तो गर्दा समय समयमा झ्याल ढोका खोल्नु उपयुक्त हुन्छ । राती झ्याल ढोका लगाएर हिटर बालेर सुत्दा ठूलो दुर्घटना भएको र ज्यान पनि गएको कुरा हामीले सुनेका पनि छौं । ग्याँसले हाम्रो आँखा पिरो हुने र त्यसबाट निस्कने कार्बन डाईअक्साइड भन्ने बिषालु ग्याँस सास फेर्दा हाम्रो फोक्सोमा जान्छ र हामी बिरामी पर्छौँ । तपाईँहरूले यो गल्ती कहिल्यै नगर्नु होला ।
अर्को सम्झनु पर्ने कुरा भनेको कोठमा जलाएको धुप, बालेको कपुर र चुरोटको धुँवा हाम्रो स्वास्थ्यका लागि धेरै नै हानीकारक हुन । धुप जलाउने हो भने झ्याल खुल्ला राख्नुपर्छ । आजकल लामखुट्टे मार्ने विभिन्न किसिमका धुप र केमिकल बजारमा पाइन्छ । त्यसमा जे लेखिए तापनि यस्ता केमिकलले हाम्रो स्वास्थ्यमा नकरात्मक असर गर्छ । सकेसम्म लामखुट्टे मार्न वा रोक्न झुलको वा बिनाकेमिकलको उपाय अपनाउनुपर्छ ।
भान्छाको फोहर फाल्ने टोकरी पनि दिनहु खाली गरी सफा गर्नु पर्छ नत्र फालिएको खाना कुहिएर रोग लाग्न सक्छ । बजारमा सफा गर्ने विभिन्न रसायनहरू पाइन्छ, जसको प्रयोगले भान्छाका चूलो र टेबुलहरू सफा गर्न सकिन्छ । त्यस्तै घरमा पालेका कुकुरको रौ, कपडाका खेलौनामा वा सिरकमा खादेको कपास, कुना काप्चामा हुने ढुसी, गलैँचामा रहेको धुलो आदिले हाम्रो घरभित्र प्रदूषण गर्छ र हामीलाई बिरामी पार्दछ । यस्ता धेरै साना धुलोका कण हाम्रो फोक्सोमा पुग्छ र स्वासप्रस्वाससम्बन्धी रोग लाग्नसक्छ वा हामीलाई एलर्जी भएर खोकी लाग्ने र जिउ चिलाउने हुन्छ ।
हामीले मुसा र अरु कीराफट्याङ्गरा मार्न प्रयोग गर्न ल्याएका बिषादी, शरीरमा छर्कन ल्याएका विभिन्न किसिमका स्प्रेहरूले सबैलाई एकै किसिमले असर गर्दैन, कसैलाई बढी कसैलाई कम गर्छ । त्यसैले यस्ता चिज ल्याउँदा निकै सोचविचार गर्नुपर्छ । घरको झ्याल वा ढोकाको माथि परेवा र अन्य कुनै चरका गुँढ भएमा पनि विभिन्न रोग ल्याउने किटाणु ल्याउन सक्छ । त्यसैले, यस्ता चरालाई बस्न नदिनु उपयुक्त हुन्छ । यिनका प्वाँखमा वा शरीरमा रहने सानासाना कीराहरूले हाम्रो स्वास्थमा नकरात्मक असर गर्छ । त्यस्तै, घरमा मुसा आएमा पनि विभिन्न रोग ल्याउन सक्छ ।
शहरका अधिकांश घरमा जाडोमा न्यानोे र गर्मीमा चिसो बनाउने विभिन्न किसिमका उपकरण जडिएका हुँदैनन्् । झ्यालहरू दिनभरि खुल्ला रहन्छन् । त्यसको फलस्वरूप बाहिरको धुलो र प्रदूषण हाम्रो घरमा सजिलैसँग छिर्ने गर्छ । सडक किनाराका यस्ता घरमा त जति हामी बाहिर असुरक्षित छौं त्यतिनै घर भित्र पनि हुन्छौं । हामी कतिपयले बाध्यताले यस्तो असुरक्षीत ठाँउमा बस्न परेको छ । यति कुरा याद राखौँ कि स्वस्थ रहन धेरै महँगो विधि अपनाउनु पर्ने छैन । मैले माथि भनेको जस्तो कुराहरूमा ध्यान दिनुभएमा स्वस्थ रहन मद्दत पुग्छ । यो सरल र सस्तो पनि छ ।
हो सर, विमलाले थपिन् । यति धेरै कुरा सुनेपछि अब हामी पनि व्यवस्थित भई आफू बसेको घरलाई सुरक्षित बनाउँछौं र स्वस्थ रहन्छौं, हैन आमा ? भन्दै विमला पुलुक्क पार्वतीतिर हेर्छिन् । आमाको हात समातेर विमला र उनका भाई सबैलाई घन्यवाद दिई विद्यालयबाट बाहिर निस्कन्छन् ।
स्कुलका साथीहरूले तिम्रो घर कता ? भनेर सोध्दा गर्वका साथ धरहरा भनिन्थ्यो । धरहरा सुनेपछि उनीहरू अचम्म मान्दै के तिमी धरहरामा बस्छौ ? भनेर प्रतिप्रश्न गर्थे । यस्ता प्रश्नका उत्तर प्रश्नमै दिने बानी प¥यो । के रानीपोखरीमा बस्ने मानिसहरू रानीपोखरी भित्र नै बस्छन् त ? साँच्चै धरहरासँग धेरै नै आत्मियता रहेछ, हामी धरहरा वरिपरि बस्नेहरूको । धरहराले हामीलाई हरेक दिन बिहान, दिउँसो र साँझ एकनासले नियालेर हेरेको भान हुन्थ्यो । अगाडि हुँदा त्यति महत्व नभएको तर नभएपछि अभाव खड्किँदो रहेछ । वि. स. १८३२ मा भीमसेन थापाले रानी ललित त्रिपुरा सुन्दरीका लागि बनाइदिएको धरहरा वास्तवमा सैनिक प्रयोजनको लागि थियो । धरहरा त्यसबेलाको सबभन्दा अग्लो संरचना भएकाले त्यहाँबाट काठमाडौँ उपत्यकाको अवलोकन गर्न सजिलो हुन्थ्यो । अहिलको जस्तो हल्लाखल्ला नभएको वातावरणमा त्यो बाटुलो बार्दलीमा बिगुल बज्दा टाढाटाढाबाट कर्मचारीहरू टुँडिखेलमा जम्मा हुनुपथ्र्यो भने सैनि...
On June 3, 2021, just two days before Environment Day, a fire broke out at the waste transfer center at Teku. The transfer station, operated by the Kathmandu Metropolitan City, is located on the banks of the Bagmati River. Footage of the fire, shared on the media, showed that it was huge and took the effort of Nepal police, armed police force, fire brigade, and Nepal Army to extinguish. The fire was severe for two reasons: first, all kinds of waste, including plastics and rubber, were burning (the dark black color of smoke points in that direction), polluting the environment with harmful chemicals and smoke. Second, the methane gas from the decaying waste help spread the fire quickly. In addition, the waste collection center at Teku, being in the middle of the city, poses much threat to the residents nearby with the foul smell, risk of transmission of communicable diseases, air pollution, and fire risk. The medical waste from many hospitals also gets dumped on the site, risking residen...
शहरी बाढीको बढ्दो कहर अदूरदर्शी निर्माणको परिणाम कञ्चनमणि दीक्षित / योगेन्द्र सुवेदी ३ आश्विन २०७८, आइतबार गत भदौ २० गते राति देशका विभिन्न भागलगायत काठमाडौँमा हाँडीघोप्टे पानी पर्यो । काठमाडौँमा तीन घण्टामा सरदर सय मिलिमिटर पानी पर्यो । यो परिमाण काठमाडौँमा यो वर्षकै सबैभन्दा ठूलो थियो । शहरबजार पानीमा डुब्यो । वागमती र यसका शाखा नदीहरू उर्लिंदा धेरै ठाउँमा किनाराका संरचनाहरू डुबानमा परे । बल्खुको तरकारी बजारमा वागमतीको पानी छिरेर हाम्रो भान्छामा पाक्ने एक करोड जतिकोे तरकारी नष्ट भयो । व्यवसायीहरूको नोक्सान भयो । नदीको पानी किनाराबाहिर आउँदा वा बाहिरको पानी नदीमा मिसिन नपाउँदा टेकु र मनहरा वरपरका सुकुम्बासी बस्तीको कन्तबिजोग भयो । काँडाघारी, परोपकार, सुन्दरीघाट, सानेपा र कालोपुलजस्ता ठाउँहरूको पनि यस्तै अवस्था भयो । कयौँ परिवारको धनमाल नोक्सानी भयो । काठमाडौँमा मात्र ३८५ घर डुबानमा परे । कोरोना संक्रमणले थला पारेका र बन्दाबन्दीको चपेटामा परेका काठमाडौँ शहरका बासिन्दालाई भदौको तेस्रोे हप्ता नेपाल सरकारले गरेको बन्दबन्दीको अन्त्यले केही राहत हुन थालेको थियो तर ठीक त्यही बेला शहरी बाढी...
Comments
Post a Comment