नेपाल एयरलाइन्स र बैङ्गलोर—दिल्ली—काठमाडौंको यात्रा

कन्चनमणि दीक्षित

घटना हो सेप्टेम्बर १, २०१८ को साँमm, हामी बैङ्गलोरबाट नेपाल एयरलाइन्सको बिमानमा काठमाडौं फर्कदै थियांै । काठमाडौँ पुग्नु करिब एक घण्टा अगाडी पाइलटले बताए, “त्रिभुवन विमानस्थलको धावन मार्ग छोडेर एउटा विमान बाहिर गएको हँदा धावनमार्ग बन्द छ ।” विमानलाई होल्डमा राख्नु भनिएको छ । करिव एक घण्टा जति आकासमा घुमाए पछि, पाइलटले बताए, हामी भारतको नयाँ दिल्लीमा अवतरण गर्न जाँदैछौँ । यात्रुहरुमा खैलाबैला मचियो । 

सन २०१५, मार्च ४ तारिखका दिन पनि यस्तै अर्को घटना भएको थियो । त्रिभुवन विमानस्थलमा टर्किस एयरलाईन्सको एयरबस विमान धावन मार्गमा अवतरण गर्ने क्रममा र्दुघटना हुदाँ देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल चार दिनका लागी बन्द रहयो । त्यसबखत त्रिभुवन विमानस्थलले समयमा विमान हटाँउन नसक्दा र बिमानस्थलको व्यवस्थापन गर्न नसक्दा कयौ यात्रुले धेरै नै सास्ती भोग्नु प¥यो । यस घटना पछि त्रिभुवन विमानस्थलको व्यवस्थापनबारे प्रश्न उठेका  थिए । तीन बर्ष पछि मार्च १२, २०१८ का दिन त्रिभुवन विमानस्थलको धावन मार्गमा अर्को र्दुघटना भयो । बंगलादेश बाट काठमाडौ आएको यू एस बंगलाको विमान अवतरण गर्ने क्रममा र्दुघटना भयो । पंक्तिकार त्यस दिन थाई एयरवेजको विमानबाट बैककमा हुने कार्यक्रममा सहभागी हुन जाँदै थिए । सो विमान धावनमार्गको पूर्वमा आँखा अगाडी दुर्घटना भयो । हामीलाई विमानबाट टर्मिनलमा लागियो । सुरक्षित साथ राखियो र खानाको व्यवस्था पनि गरियो ।

सेप्टेम्बर १ का दिन पनि हामी विमानभित्रै सुरक्षित नै थियौँ तर नयाँ दिल्ली विमानस्थलको एक कुनामा । करिव १०ः३० मा अवतरण गरेको विमान भित्र हामी रातिको २ः३० सम्म बस्नु प¥यो । यात्रुहरुमा चिन्ता थियो आफ्नो गन्तब्यमा पुग्न नसकेकोमा । केहि चुरोट पिउन विमान बाहिर जान पाइन भनेर चिन्ता ब्यक्त गर्दै थिए भने कोहि आफन्तलाई खवर गर्न नपाईएको गुनासो पोख्दै थिए । एक जनाले नेपालमा फोन गरेर हामीलाई नेपालमा यति एयरलाइन्सको जहाज धावनमार्गमा दुर्घटना भएको र नेपालमा पानी परिराखेकोले कुनै हालतमा पनि त्यस रात विमान हटाउन नसक्ने कुरा सुनाए । खुसीको कुरो त्यस रातको यती दुर्घटनामा कोही पनि हताहत भएनन्  तर बिमान भित्रका यात्रुहरुमा चिन्ता बढ्दै गयो । जाहाजभित्रको निसासिँदो सरह वातावरणमा पानीको माग हुन थाल्यो । तर आपूर्ति भएन, शायद पर्याप्त थिएन पनि होला । धेरैचोटी पानीको आग्रहको करिव आधा घण्टा पछि मात्र मैले पानी पाएँ । 

एअरलाइन्सका परिचालीका र परिचालकहरु अगाडी आएर यात्रुलाई सम्झाउनुको साटो केविनमा हराए । जहाजका पाईलटका स्वर त सुन्नै पाईएन । एक परिचालीका बर्बराउन थालिन्, “हाम्रो इच्छाले विमान नयाँ दिल्ली ल्याएको जस्तो, हामीसँग पो कराउँछन् त यात्रुहरु ।” एक महिला यात्रुले अर्की परिचालीकालाई बोलाएर भनिन् पाइलटले समय समयमा स्थितिबारे अपडेट गराएको भए यात्रुहरुलाई केहि राहत पुग्ने थियो र उनिहरुको चिन्ता केहि कम हुने थियो । परिचालीकाले रातो पिरो हुदैं भनिन् ः हामी मात्र कति तपाई कहाँ आउने ? तपाईहरु पनि हामी भएको ठाउँमा आएर बुमmेको भए हुन्थेन ? म छक्क परेँ । परिचालीकाले हामीलाई सत्यको अनुभुति गराईदिइन् । एअरलाईन्सले आफ्नो कर्मचारीलाई अप्ठेरो समयमा यात्रुसँग कसरी व्यवहार गर्ने भन्ने कुरा सिकाएको रहेछन् । सम्मmाउनुको साटो रिसाउने, झर्को मान्ने, भुतभुताउँने व्यवहारले कसरी पो हाम्रो वायु सेवालाई यात्रुहरुले रुचाउलान् ।

बल्ल बल्ल विहानका करिव २ः३० बजेतिर विमानबाट यात्रु प्रतिक्षालयमा लगेर राखियो र ५ः३० बजे होटलको ब्यवस्थापन गरीयो र हामीलाई होटल लगियो । आँखामात्र के लागेको थियो, बिहान ७ः३० रिसेप्सन बाट फोन आई ९ः३० मा होटेलको लविमा जम्माहुनु भनियो । भोग लागेकोले हामी हतारहतार विहानको खाजा खान गयौं र ९ः३० सम्म सबैजना लविमा तयार थियौं तर नेपाल एअरलाईन्सको कर्मचारीको अत्तोपत्तो थिएन । कुर्दा कुर्दा करिब ११ बजे मात्रै हामीलाई विमानस्थल लगियो त्याहाँ पनि बिमानस्थलको कर्मचारीको अत्तोपत्तो थिएन । दिल्ली विमानस्थलका कर्मचारीले हामीसँग टिकट नभएको कारणले हामीलाई विमानस्थल भित्रको यात्रु कक्षमा पनि जान दिइएन । खल्ली बल्ली मचिन थाल्यो र यात्रुहरुको आक्रोस बढेको देखेर नेपाल एअरलाईन्सको कर्मचारी आईपुगी हातले लेखेको बोडिङ्ग पास दिन्छन् तर दिल्ली विमानस्थलले यस्लाई अस्वीकार गर्छ र हामीलाई बाहिर रोकिन्छ । विमानस्थलको प्रत्येक तहमा यस्ता अफ्टयारो झेल्दै बल्ल बल्ल विमान भित्र पुग्यौं र ३ः३० बजे उडन सफल हुन्छ । घर पुग्ने अनुभूतिमा थिएँ विमानले ४५ मिनेट आकाशमा चक्कर लगाउन थाल्यो । 

त्यस २४ घण्टाको अनुभवले त्रिभुवन विमानस्थलमा एउटा सानो घटना हुँदा कसरी यात्रु प्रभावित हुन्छन भन्ने देखियो । यात्रुहरु २ः३० बजे रातीनै दिल्लीको बिमानस्थलमा पुगिसकेका थिए भने भोली कसरी यस्को ब्यवस्थापन गर्ने भन्ने कुराको तयारी गर्ने प्रसस्त समयहुदाँ हुदै पनि यात्रुहरुले धेरै सास्ती भोग्नु प¥यो । यस घटनाले विमानस्थलमा र विमान सेवाका कर्मचारीले आपतकालीन स्थितिसित जुध्ने परिपाटी निकै सुधार्नुपर्ने वास्तविकता प्रस्टिन्छ भने नेपाल वायु सेवा निगमले विमान सेवाका कर्मचारी यात्रुसित राम्रो व्यवहार गर्न ध्यान दिनु जरुरी छ र निगमका नयाँ ठूला विमानले दिने सेवालाई राम्रो व्यवहारको जलप थप्न जरुरी छ । 

Comments

Popular posts from this blog

घर भित्रको प्रदूषण र असुरक्षित बसाई - प्रदूषण कथा

भूतले सारेको बासस्थानः कोरोना भूत

ट्रोल्सले सिकाएको जीवनको मूल्य